‘बुटिक विमानस्थल’: रंग रोगनबाहेक के फेरिनेछ?



त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बुटिक विमानस्थलका रुपमा परिणत हुने भएको छ।

नयाँ वर्ष अर्थात २०७६ वैशाख १ गते विमानस्थललाई बुटिक विमानस्थलका रुपमा घोषणा गर्ने तयारीका साथ काम भइरहेको विमानस्थले जनाएको छ। बुटिक अवधारणामा लैजाने योजनाअनुसार अहिलेदेखि नै एयरपोर्टमा ससाना कुरामा सुधार थालिएको विमानस्थलको भनाई छ।

बुटिक अवधारणमा लैजानका लागि नागरिक उड्ययन प्राधिकरणले ८ करोड रुपैयाँ बजेट उपलव्ध गराएको छ। प्राधिकरणले बुटिक विमानस्थल निर्माण अवधारण अनुसार नेपाली परम्परागत शैली झल्किने गरी विमानस्थलको स्वरुप निर्माण गर्न उक्त बजेट उपलव्ध गराएको हो। 

यद्यपि विमानस्थल कार्यालयले बुटिक विमानस्थल बनाउन १५ कराेड रुपैयाँ खर्च हुने अनुमान गरेकाे छ। बुटिक विमानस्थल घोषणाको मिति नजिकिँदै गर्दा विमानस्थल वरपर भएका व्यावसायिक विज्ञापन हटाउने, नयाँ कार्पेट राख्ने, टर्मिनल भवनको रंगरोगन गर्ने, टर्मिनलभित्र आँखीझ्याल राख्ने, पार्किङस्थललाई सारिने जस्ता काम गरेको प्राधिकरणले जनाएको छ।

हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि बुटिक विमानस्थल निर्माणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद कार्यालयमै थन्किएको थियो। फागुन २२ गते मन्त्रिपरिषदले स्वीकृत गरेपछि बुटिक विमानस्थल निर्माणको बाटो खुलेको हो।

मन्त्री अधिकारीले बुटिक विमानस्थल निर्माण तथा सञ्चालनका लागि कार्यविधि बनाउन अग्रसरता लिएका थिए।

चैत मसान्त र त्यसपछि छुट्टाछुट्टै काम गर्ने गरी कार्यविधि निर्माण भएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। उनका अनुसार कार्यविधिमा चैत मसान्तसम्म निर्माण कार्य, सौन्दर्यकरण, विमानस्थल विज्ञसँग समन्वयात्मक कार्यक्रम गरिनेछ।

जसअन्तरगत आन्तरिक तथा टर्मिनल भवन वाहिरको भागको सरसफाई, पेन्टिङ, कलात्मक धातुका मूर्ति खरिद लगायतका काम हुनेछन्। बुटिक विमानस्थल कार्यविधि स्वकृत नहुँदै प्राधिकरणले बुटिक विमानस्थल बनाउन काम शुरु गरिसकेको जनाएको छ। प्राधिकरणले अघिल्लो साता मात्र टर्मिनल भवनमा रंगरोगन गर्न टेन्डर प्रकाशित गरेको छ। विज्ञापनका होर्डिङ बोर्ड हटाइसकेको छ।

त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलकाे अागमन कक्ष

त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलकाे अागमन कक्ष

के हो बुटिक एयरपोर्ट

नेपाली मौलिकता झल्कने साजसज्जासहितको विमानस्थललाइ सरकारले 'बुटिक'को संज्ञा दिन लागेको हो।

परम्परागत रुपमा आकर्षक खालका बुट्टा कुँद्ने, कलात्मक मूर्तिहरू विमानस्थलमा आउने यात्रु आवतजावत गर्ने ठाउँमा राखिनेछ। नेपाल कला र संस्कृतिमा धनी भएको भन्दै विमानस्थललाई सोहीअनुसार प्रतिविम्बित हुने गरी कलात्मक बनाउन लागिएको विमानस्थल कार्यालयले जनाएको छ। पर्यटक आकर्षित गर्न बुटिक विमानस्थल निर्माणको तयारी गरिएको कार्यालयले जनाएको छ।

के–के परिवर्तन हुन्छ?

विमानस्थलको अध्यागमन, भन्सार र एयरलाइन्सका काउन्टरमा प्राचीन काष्ठकला झल्किने डिजाइन राखिनेछ। सबै होर्डिङ बोर्ड, ब्यानर, सूचनापाटी हटाई थिम्याटिक पेन्टिङ, विशिष्ट कलाकौशल झल्किने धातु, काष्ठ तथा ढुंगाका मूर्ति राखिनेछ। उक्त कलात्मक शैलीमा आकर्षक खालका बत्तीबाट प्रकाश पारिनेछ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटिक विमानस्थलमा यात्रु आगमन र बहिर्गमनमा नेपालमा उत्पादित नेपाली ग्रीन टी खुवाइने बताएका थिए। विमानस्थल कार्यालयको स्वरुप परिवर्तन हुन्छ, संरचना भने परिवर्तन हुनेछैन। ब्यागेज ट्याग, बोर्डिङ पास नेपाली कागजका बनाइनेछन्।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 17:15:08
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...