डेढ महिनापछि वाई–१२ को पहिलो उडान, अझै तीन विमान ग्राउन्डेड



राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको वाई–१२ विमानले डेढ महिनापछि पहिलो उडान भरेको छ।

पाइलट अभावका कारण ग्राउन्डेड भएको उक्त विमानले शुक्रबार बिहान काठमाडौं–दाङ र दाङ–काठमाडौं उडान भरेको निगम स्रोतले जनाएको छ। लामो समय बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनः काममा फर्किएपछि उक्त विमानले उडान भर्न सुरु गरेको हो।

वायुसेवा निगमले वाई–१२ का अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका थिए। उनीहरु बिदामा बसेपछि निगमका तीन विमान ग्राउन्डेड भएका हुन्।
निगमको आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बसेका दुई पाइलट निपेन्द्र भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका थिए।

उनीहरु २० दिनभन्दा बढी बिदामा बसेकाले विमान उडाउनुभन्दा पहिलो पुनः मेडिकल जाँच गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग समन्वय गरी पाइलट भटट्राई मेडिकल जाँच गरी पुनः काममा फर्किएका हुन।

अर्का पाइलट सञ्जय बादेकोे सीप परीक्षण प्रमाणपत्र (पीपीसी) को म्याद सकिँदा उडान भर्न पाएनन्।

यसअघि नै पीपीसीको म्याद सकिएका वाई–१२ का पाइलट आङनुरी शेर्पाको पीपीसी नवीकरण भएको छैन। शेर्पाको नवीकरण भएपछि मात्र बादे पीपीसी नवीकरणका लागि चीन जानुपर्छ। दुबैको पीपीसी नवीकरणका लागि केही समय लाग्ने निगम स्रोतले जनाएको छ।

शेर्पाको पीपीसी नवीकरण नहुँदा ३ पाइलट कामबिहीन
प्रशिक्षक पाइलटसमेत रहेका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका २ पाइलट पनि कामविहीन भएका छन्। निगमले शेर्पा चीनवाट फर्किएपछि नयाँलाई तालिम दिने योजना बनाएको थियो।

नेपाल वायुसेवा निगमका सहप्रवक्ता नवराज कोइरालाले शेर्पा पुनः केही दिनमै चीन जाने तयारी भएको बताए। चीनमा २ दिनको तालिम सकेर नेपाल आएपछि शेर्पाले केबी लिम्बु र फिजुनाथ नेपालीलाई एक दिनको तालिम दिने तालिका छ।
वाई–१२ विमानका पाइलट बादे पनि पीपीसीको म्याद सकिँदा कामविहीन भएका छन्।

अवको केही दिनमा वाई–१२ विमानले तालिका अनुसार दैनिक उडान भर्ने उनले दाबी गरे। पाइलट अभाव भएर केही समय उडान प्रभावित भयो तर अव सबै नियमित उडान केही दिनमा नै सुरु हुन्छ।

अझै वाई–१२ का तीन विमान ग्राउन्डेड
नेपाल वायुसेवा निगमसँग वाई–१२ का चिनियाँ कम्पनीका चार विमान रहेका छन्। तीन महिनापछि एक विमानले उडान भरे तापनि अझै निगमसँग उडान योग्य २ र अर्को १ गरी ३ विमान ग्राउन्डेड छन्।

दुई पाइलटको पीपीसी नवीकरण नहुनु र एक पाइलट एयरबस–३२० को तालिममा जाँदा उक्त विमान लामो समयदेखि त्रिभुवन विमानस्थल कार्यालयमै ग्राउन्डेड भएका छन्। वाई–१२ का एकवटा विमान लामो समयदेखि ग्राउन्डेड छ।

हाल नेपाल वायुसेवा निगमको ६ विमान ग्राउन्डेड छन्। निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान भर्न सकेको छैन। त्यस्तै एमए–६० को एक विमान र ट्विनअटर को एक विमान लामो समयदेखि ग्राउन्डेड छन्।

 

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 11:40:58
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...