विदेशी पाइलटले नेपालबाट लान्छन् वर्षको ७६ करोड

नेपालीलाई भन्दा विदेशीलाई तीन गुणा बढी पारिश्रमिक



नेपाल एयरलाइन्सको वाइड बडी विमान ‘अन्नपूर्ण’
नेपाल एयरलाइन्सको वाइड बडी विमान ‘अन्नपूर्ण’

नेपाली उडानका लागि विदशी पाइलट राख्नुपरेका कारण पारिश्रमिकबापत नेपालबाट वार्षिक ७६ करोड रुपैयाँ बाहिरिने गरेको छ।

अन्तर्राष्ट्रिय तथा ठूला विमान उडानमा नेपाली पाइलट पर्याप्त नहुँदा यति धेरै रकम विदेश बाहिरिने गरेको हो।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि हाल नेपाली विमानमा ६१ विदेशी पाइलट कार्यरत छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले मात्रै १७ विदेशी पाइलट राखेको छ।

विदेशी पाइलटलाई अन्तर्राष्ट्रिय उडान नियमअनुसार पारिश्रमिक दिनुपर्ने भएकाले उनीहरूले पाउने पारिश्रमिक र नेपाली पाइलटले पाउने पारिश्रमिकबीच ठूलो अन्तर छ।

नेपाल वायु सेवा निगमका अनुसार सीप, योग्यता र क्षमताका आधारमा विदेशी पाइलटले मासिक नौ लाखदेखि १६ लाख रुपैयाँसम्म पारिश्रमिक पाउँछन् भने नेपाली पाइलटले नेपाल सरकारको नियमअनुसार चारदेखि पाँच लाख रुपैयाँसम्म मात्र पाउने गरेका छन्।

नेपाली पाइलटले प्रायः आन्तरिक उडान गर्छन् भने विदेशी पाइलट अन्तर्राष्ट्रिय उडानमा कार्यरत छन् । निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय उडानमा नेपाली पाइलट खासै छैनन्।

हाल निगयमको बाइड बडी र न्यारो बडी विमानमा विदेशी पाइलट कार्यरत रहेको नेपाल वायुसेवा निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

‘अन्तर्राष्ट्रिय उडान गर्ने २ सय ७४ सिट क्षमताका दुईवटा ‘ए३३०–२००’ वाइडबडी विमानमा ११ विदेशी पाइलट छन्। उनले भने, ‘१ सय ५८ सिट क्षमताका दुई थान ‘ए ३२०–२००’ न्यारो बडी विमान पाँच विदेशी पाइलटले उडान गर्छन्।’

उनका अनुसार बाई–१२ को आन्तरिक उडानमा एक विदेशी पाइलट कार्यरत छन्। नेपाल वायुसेवा निगममा पाइलटको सेवा सुविधा अन्य निजी विमान कम्पनीहरूको भन्दा केही कम रहेको उनको भनाइ छ।

हेलिकोप्टर उडानमा विदेशी पाइलटको आकर्षण
नेपालमा विमानभन्दा हेलिकोप्टर उडान गर्ने विदेशी पाइलट धेरै छन्। हवाई जहाज उडानका लागि हुने तालिमको तुलनामा हेलिकोप्टर उडान तालिम खर्चिलो भएकाले यसतर्फ विदेशी पाइलटको आकर्षण बढी रहेको जानकारहरू बताउँछन्।

हेलिकोप्टर दुर्गम क्षेत्र र उद्धार कार्यमा बढी प्रयोग हुने भएकाले यसमा नेपाली पाइलटको संख्या न्यून रहेको अनुमान गर्न सकिन्छ।

‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’का अनुसार १० हेलिकोप्टर कम्पनीसँग २० वटा हेलिकोप्टर छन्। २० हेलिकोप्टरका लागि ३५ नेपाली पाइलट र १७ विदेशी पाइलट तथा दुई फ्लाइट इन्जिनियर छन्।

प्रकाशित २७ फागुन २०७५, सोमबार | 2019-03-11 10:36:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।