पाइलट हुँदा समेत निगमका जहाज उड्न पाएनन्

पीपीसी नवीकरण नहुँदा उडान प्रभावित



फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)
फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको विमान पाइलट अभावका कारण ‘ग्राउन्डेड’ भएको दुई महिना पुगिसक्यो।

सुरुका दिनमा उडानका लागि पाइलट अभाव खेपिरहेको निगमले हाल पाइलट हुँदा समेत उडान भर्न सकेको छैन।

निगमको एमए–६० का ४ विमान पाइलट अभावका कारण लामो समयदेखि त्रिभुवन विमानस्थल कार्यालयमा ‘ग्राउन्डेड’ छन्।

आन्तरिक विवादका कारण वाई–१२ जहाजका दुई पाइलट लामो समयदेखि बिरामी विदामा बसेका थिए। लामो समयदेखि विदामा बसेको भन्दै निगमले कारबाही गर्ने चेतावनी दिएपछि उनीहरु पुनः काममा फर्किएको निगमले जनाएको छ।

निगम स्रोतका अनुसार वाई–१२ विमानका पाइलट निपेन्द्र भट्टराई र सञ्जय बादेले काममा फर्किने भन्दै फागुन १३ र १६ गते इमेलमार्फत काममा फर्किने जानकारी दिएका थिए ।

पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको भन्दै विरोध गर्दै उनीहरु गत पुस २९ गतेबाट बिरामी विदामा बसेका थिए ।

२० दिनभन्दा बढी विदामा बसेका कारण जहाज उडाउनका लागि उनीहरुको पुनः मेडिकल जाँच गर्नुपर्ने भएकाले उडान भर्न पाएका छैनन्। मेडिकल जाँचका लागि उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग समन्वय गर्नुपर्ने हुन्छ। केही दिनभित्रै जाँच सकेर पुनः काममा फर्किने निगमले जनाएको छ।

दुई पाइलटको तालिमसँगै वाई–१२ जहाज चलाउने पाइलट संख्या पाँच पुग्छ। त्यसपछि जहाज नियमित चल्ने निगमको भनाइ छ। यद्यपि चारमध्ये एउटा जहाज बिग्रिएर मर्मतको क्रममा छ। त्यो जहाज पनि मार्च महिनाभित्र बनिसकेर नियमित सञ्चालनमा आउने निगमको दाबी छ।

पाइलटको आन्तरिक द्वन्द्व के हो?
वायुसेवा निगमले वाई–१२ जहाज उडान गरिरहेका पाइलट उद्धव घिमिरेलाई ए–३२० जहाजको उडान तालिममा पठाएको भन्दै उनीहरुले विरोध गरेका थिए।

उनीहरुको विरोधसँगै निगमको तीनवटै वाई–१२ विमान ग्राउन्डेड भएका हुन् । लामो समयदेखि वाई–१२ को अर्काे विमान पनि ग्राउन्डेड नै छ। एक पाइलट तालिममा गएको, दुई बिरामी विदामा बसेको र एक जना पाइलटको सीप परीक्षण प्रमाणपत्र (पीपीसी) नवीकरण नहुँदा विमान ग्राउन्डेड अवस्थामा छन्।

पीपीसी नवीकरणका लागि भन्दै केही दिनअगाडि पाइलट आङ नुरी शेर्पा चीन गए पनि नवीकरण हुनसकेन। प्रशिक्षक पाइलट समेत रहेका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका २ पाइलट पनि कामविहीन भएका छन्। निगमले शेर्पा चीनबाट फर्किएपछि नयाँलाई तालिम दिने योजना बनाएको थियो।

नेपाल वायुसेवा निगमका सहप्रवक्ता नवराज कोइरालाले शेर्पा पुनः केही दिनमै चीन जाने तयारी भएको बताए। चीनमा २ दिनको तालिम सकेर नेपाल आएपछि शेर्पाले केबी लिम्बु र फिजुनाथ नेपालीलाई एक दिनको तालिम दिने तालिका छ। अबको केही दिनमा वाई–१२

विमानले तालिकाअनुसार दैनिक उडान भर्ने उनले दाबी गरे। पाइलट अभाव भएर केही समय उडान प्रभावित भयो तर अब सबै नियमित उडान केही दिनमै हुन्छ।

हाल नेपाल वायुसेवा निगमको ७ विमान ग्राउन्डेड छन्। वाई–१२ ले उडान सुरु गरे पनि निगमसँग अझै ३ विमान ग्राउन्डेड हुन्छन्।

निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान भर्न सकेको छैन। त्यस्तै एमए–६० को एक विमान र टिवनअटर जहाजको एक विमान लामो समयदेखि ग्राउन्डेड छन्।

प्रकाशित २६ फागुन २०७५, आइतबार | 2019-03-10 16:42:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।