नेपाली आकाशमा २१ प्रतिशत विदेशी पाइलट

राष्ट्रिय ध्वजावाहक उडानमै १७ विदेशी



नेपाल एयरलाइन्सकाे जहाज
नेपाल एयरलाइन्सकाे जहाज

अनुभवी नेपाली पाइलट पर्याप्त नहुँदा नेपाली वायुसेवा कम्पनीहरु अझै विदेशी पाइलटमा भर पर्नुपर्ने बाध्यता रहेकाे देखिएकाे छ।

कुल २१ वायुसेवा कम्पनीहरु सञ्चालनमा रहेकामा १४ वायुसेवा कम्पनीले विदेशी पाइलट राखेका छन्।

यसरी विदेशी पाइलट राख्नेमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर, समिट एयर, मकालु एयर, एयर डाइनेस्टी, एटिच्युड एयर, हेलि एभरेस्ट, कैलाश हेलिकोप्टर सर्भिस, माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, श्री एयरलाइन्स, सिम्रिक एयर र समिट हेलिकोप्टरले विदेशी पाइलट राखेको नागरिक नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका अनुसार नेपाली आकाशमा हाल २१ प्रतिशत विदेशी पाइलटले हेलिकोप्टर तथा हवाइजहाज उडान भर्दै आएका छन्।

विभागअन्तर्गतकै लाइसेन्सिक एण्ड इग्जामिनेसन डिभिजनले दिएको जानकारीअनुसार नेपालमा १० वटा हेलिकोप्टर कम्पनीसहित जम्मा २१ वटा वायुसेवा कम्पनी रहेका छन्। ती सबैमा कार्यरत मुख्य पाइलटको संख्या २ सय ७५ रहेको छ।

तीमध्ये नेपाली पाइलटको संख्या २ सय १७ र विदेशी पाइलटको संख्या ५८ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो भनेको कुलमध्ये ७८ प्रतिशत हो। त्यस्तै, नेपालमा १ सय ५० जना कोपाइलट रहेका छन्।

त्यसो त राष्ट्रिय ध्वजावाहक उडानमै १७ जना विदेशी पाइलट रहेका छन्। निगमका सहप्रवक्ता नवराज कोइरालाले निगममा हाल १७ जना विदेशी पाइलट कार्यरत रहेको जानकारी दिए। यद्यपि प्राधिकरणको तथ्यांकअनुसार भने नेपाल वायुसेवा निगममा १४ जना विदेशी पाइलट रहेका छन्।

निगमका अनुसार अन्तर्राष्ट्रिय उडनतर्फ अनुभवी पाइलट पर्याप्त नहुँदा विदेशका पाइलट ल्याउनुपरेको हो।

नेपालमा दर्ता भएका ११ वटा हवाइजहाज कम्पनी र १० वटा हेलिकप्टर कम्पनी गरी जम्मा २१ वायुसेवा कम्पनीमध्ये अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्रै उडान गर्दै आएका छन्। आन्तरिक उडानतर्फ हाल नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर, सीता एयर, समिट एयर, तारा एयर, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स, मकालु एयर र सौर्य एयरलाइन्स रहेका छन्।

त्यस्तै हेलिकप्टरतर्फ एयर डाइनेष्टी, श्री एयरलाइन्स, सिम्रिक एयर, सुमिट हेलिकप्टर, हेली एभरेष्ट, अल्टिच्युट एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर र कैलाश एयर रहेका छन्।

१० कम्पनीका २० हेलिकप्टर उडानका लागि २६ नेपाली पाइलट र १८ विदेशी पाइलट गरी ४४ पाइलट कार्यरत छन्।

हिमालयमा विदेशी पाइलट धेरै
हवाइजहाज कम्पनीमध्ये सबैभन्दा बढी विदेशी पाइलट हिमालय एयरलाइन्समा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

हिमालयसँग मात्रै २२ जना विदेशी पाइलट कार्यरत छन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालयसँग अरु विमान कम्पनीको तुलनामा सबैभन्दा धेरै विदेशी पाइलट रहेको क्यानले जनाएको छ।

हिमालय एयरलाइन्स नेपाली व्यवसायी र तिब्बतको संयुक्त लगानी सञ्चालित विमान कम्पनी हो।

त्यस्तै १४ जना नेपाली पाइलट भने विदेशी एयरलाइन्समा कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित २६ फागुन २०७५, आइतबार | 2019-03-10 12:55:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।