जथाभावी यात्रु बोक्न थालेपछि हेलिकोप्टरमाथि कडाइ, एक सिट निकालेर उडान सुरु



कैलाशको हेलिकोप्टर
कैलाशको हेलिकोप्टर

पछिल्लो समय जथाभावी यात्रु बोक्न थालेपछि भन्दै हेलिकोप्टर सेवाप्रदायकको सहमतिमा शुक्रबारबाट एक सिट हटाएर उडान सुरु गरिएको छ।

बिहीबार हवाई क्षेत्रको नियमक निकाय हेलिकोप्टर सोसाइटी अफ नेपाल र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले समय भित्रिएका हेलिकोप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको थियो।

एएस–३५० र एच–१२५ हेलिकोप्टरले पाइलटसहित ६ सिट राख्ने निर्णय भएको छ भने अन्य कम्पनीको हेलिकोप्टरमा भने यो निर्णय लागू हुँदैन। यस अघि उक्त हेलिकोप्टरले पाइलटसहित ७ जना यात्रु बोक्ने गरेका थिए।

हाल नेपालमा १० कम्पनीका २० वटा हेलिकोप्टर छन्। जस अन्तरगत ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेस्टी पनि पर्दछ। दुर्घटनापछि अहिले एयर डाइनेस्टीसँग ४, श्री एयरलाइन्ससँग २, सिम्रिकसँग ३, सुमिटसँग २, हेली एभरेस्टसँग २, अल्टिच्युटसँग १, मनाङसँग २, माउन्टेनसँग २ र कैलाशसँग २ वटा हेलिकप्टर छन्।

एक सिट हटाउने निर्णयसँगै सगरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याट तत्कालका लागि बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। हेलिकोप्टर ल्याण्ड गर्नका लागि हेलिप्याडमा समस्या आउने गरेको भन्दै उक्त हेलिप्याड मर्मतपश्चात् उडान गर्ने सहमति गरिएको छ। उक्त क्षेत्रको उडानका क्रममा हेलिप्याडमा पटक–पटक समस्या आउने गरेको पाइलटहरु बताउँछन्।

बिहीबारबाट गोरक्षेत्रको पूर्वपट्टी नयाँ हेलिप्याड निर्माण गर्ने सहमति भएको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए। उनका अनुसार गोरक्षेत्रमा आपत्कालिन उद्धारका लागि बाहेक अहिलेको हेलिप्याड प्रयोगमा रोक लगाउने निर्णय भएको छ।
हेलिकप्टर सोसाइटीले सयुक्तरुपमा सेवाप्रदायकको सेफ्टी एसिसमेन्ट गर्ने निर्णय भएको छ।

प्रकाशित २४ फागुन २०७५, शुक्रबार | 2019-03-08 15:26:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।