तीन महिनादेखि बन्द सौर्य एयरलाइन्सले सुरु गर्‍याे उडान

विमानस्थलको ४ करोड ३२ लाख बक्यौता दुई महिनाभित्र भुक्तानी गर्ने सहमति



सौर्य एयरलाइन्स
सौर्य एयरलाइन्स
फाइल फोटो

तीन महिनाको ग्राउन्डेडपछि सौर्य एयरलाइन्सले पुनः उडान सुरु गरेको छ।

गत मंसिर २० गतेदेखि उडान बन्द गरेको सौर्यले शुक्रबार पुनः उडान सुरु गरेको हो।

सौर्यले पहिलो उडान काठमाडौंबाट भैरहवा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यसपछि काठमाडौं-विराटनगर उडान भर्नेछ। 

विमानस्थललाई सेवा शुल्कबापत दिनुपर्ने रकममध्ये ५० लाख रुपैयाँ भुक्तानी गरेपछि सौर्य एयरलाइन्सले उडान अनुमति पाएको हो।

एयरलाइन्सले ४ करोड ३२ लाख रुपैयाँ बुझाउन बाँकी रहँदा विमानस्थल कार्यालयले जहाज ग्राउन्डेड गरेको थियो।

पुनः मार्च १८ तारिखमा ५० लाख रुपैयाँ झुक्तानी दिइने सौर्य एयरलाइन्सका प्रवक्ता मुकेश खनालले जानकारी दिए। 

उडान सुरु भएको दुई महिनाभित्र बक्याैता रकम भुक्तानी गर्ने सहमतिपछि उडान अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ।

नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान भर्नेछ। जसअनुसार भैरहवा र विराटनगरमा दुईपटक उडान भर्ने तालिका रहेको सौर्य एयरलाइन्सका प्रवक्ता खनालले जानकारी दिए। उनका अनुसार नेपालगन्ज, धनगढी र भद्रपुरमा नयाँ उडानको तयारी पनि गरिएको छ।

नेपाली लगानीकर्ताबाट नयाँ व्यवस्थापनका साथ साैर्यकाे उडान सुरु गरिएको हो। बिक्री भएको विमानको सेयरको टुंगो भने लागिनसकेको प्रवक्ता खनालले जानकारी दिए।

एयरलाइन्सले कम्पनीलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ।

आर्थिक संकटका कारण यसअघि सौर्य एयरलाइन्सको उडान बन्द भएको थियो। एयरलाइन्ससँग हाल दुईवटा जेट इन्जिन विमान छन्।

प्रकाशित २४ फागुन २०७५, शुक्रबार | 2019-03-08 11:00:58
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।