सरकारको प्रक्षेपणः आर्थिक वृद्धिदर ७ प्रतिशत माथि


Kshamadevi Group


युवराज खतिवडा
युवराज खतिवडा

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने भनिए पनि मध्यावधि समीक्षामार्फत ७ प्रतिशत हाराहारीमा रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा भएका विकास निर्माणको काम र  विकासको परिदृष्यले ७ प्रतिशत भन्दा माथि ८ प्रतिशतबीचमा आर्थिक बृद्धिदर कायम हुने अर्थ मन्त्रालयले बताएको हो।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले बजेटको मध्यावधि समीक्षा मार्फत् बजेट खर्च सोचे जस्तो नदेखिए पनि आर्थिक बृद्धिदर नखस्किने जानकारी गराएको छ।

जानकारी गराइए अनुसार, आर्थिक वर्षको मध्यअवधि सम्ममा २८ प्रतिशत बजेट खर्च भएको छ। त्यस्तै, २६ प्रतिशत राजश्व बृद्धि भएको छ।

यसैलाई आधार बनाउँदै मन्त्रालयले गत वर्ष भन्दा राम्रो सुचाकाङ्क देखा परेको, तर आशा अनुसारको प्रगति चाहिँ हुन नसकेको बताएको हो।

अर्थमन्त्री युवराज खतिवडाले मध्य अवधिसम्ममा ३५ प्रतिशत खर्च भइसकेको हुनपर्ने भएपनि विकाससँग सम्बन्धित मन्त्रालयहरुले कम ताकेता गर्न पूँजीगत खर्च हुननसकेको जानाकारी दिए।

समीक्षा प्रतिवेदनमा उल्लेख भए अनुसार चालू आर्थिक वर्षमा गत वर्षकै तुलनामा कृषिको उत्पादन बृद्धि हुने देखिएको छ।

त्यस्तै, औद्योगिक क्षेत्रको विकास उर्जा क्षेत्रमा गत वर्षको हाराहारीमा विकास र पर्यटकको आगमन बढ्दो संख्यामा देखिएको पनि आर्थिक विकासमा टेवा पुग्ने अनुमान अर्थमन्त्रालयले गरेको हो।

त्यस्तै, चालू आर्थिक वर्षको ६महिनाको अवधिमा मा विकास निर्माणतर्फ ५५ अर्ब ५२ अर्ब खर्च भएको छ। गत आर्थिक वर्ष यस अवधिमा विकास खर्च ४८ खर्ब रुपैयाँ मात्रै भएको थियो।

चालू आर्थिक वर्षको अत्यमा भने विकास खर्च ८५ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान मन्त्रालयले गरेको छ।

यसको मतलव, पुसदेखि असारसम्ममा अर्थ मन्त्रालयले विकास निर्माणमा २ खर्ब रुपैयाँ खर्च गरिसक्नेछ।

कतिपय मन्त्रालयले पाएको बजेटपनि उपयोग गर्न नसकिरहेको अवस्था रहेकाले ती मन्त्रालयलाई आगामी बजेटमा प्राथमिकतामा नराख्ने अर्थमन्त्री खतिवडाले बताएका छन्।

‘आगामी वर्षको बजेटमा खर्च गर्न नसक्ने, आयोजना बोकेर बस्ने मन्त्रालयले प्रस्ताव गरेका थप आयोजनालाई प्राथमिकतामा राखिने छैन’ मन्त्री खतिवडाले भने, ‘जुन क्षेत्रमा बढी खर्च गर्न सक्छ, जसले काम गरेर देखाउन सक्छ, त्यसलाई नै प्राथमिकतामा राखिनेछ।’

चालू आर्थिक वर्षमा कानुनको निर्माणमा सरकारले बढी ध्यान दिएकाले आगामी वर्षदेखि अर्थतन्त्र बढी चलायनमान हुने दावी पनि अर्थमन्त्री खतिवडाले गरेका छन्।

प्रकाशित २१ फागुन २०७५, मंगलबार | 2019-03-05 19:18:53
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।