६ दशकपछि त्रिभुवन विमानस्थलको जीर्णाेद्धार गरिँदै, उडान बन्द नहुने

चार अर्ब २७ करोड लागतमा चाइना नेशनल एग्रोलाई ठेक्का



त्रिभुवन विमानस्थल
त्रिभुवन विमानस्थल

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन विमानस्थलको पिच परिवर्तनको कार्य आगामी चैत १८ गतेबाट सुरु गरिने भएको छ।

सञ्चालनको ६ दशकपछि विमानस्थलकोे धावनमार्गमा रहेको कालोपत्र फेरेर नयाँ कालोपत्र राख्ने तयारी गरिएको हो।

विमानस्थल जीर्णाेद्धारका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङलाई ठेक्का दिइएको छ ।

करिब ७० प्रतिशतभन्दा बढी निर्माण सामग्री जम्मा भएपछि जीर्णाेद्धारको कार्य सुरु गरिने सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौताअनुसार धावनमार्गको पिच परिवर्तन, ट्याक्सी वे निर्माणलगायतका सबै काम चिनियाँ कम्पनीले तीन महिनामा सक्नुपर्नेछ। उक्त कार्यका लागि चार अर्ब २७ करोड बजेट छुट्याइएको छ।

गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको विमानस्थल निर्माणका क्रममा उडानमा भने केही समस्या हुने कार्यालयले जनाएको छ। विमानस्थल जीर्णाेद्धारको काममा भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द नहुने भएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द नहुने
हवाइसेवालाई कम प्रभावित गर्दै प्राधिकरणले जीर्णाेद्धारको काम राति १० देखि बिहान ८ बजेसम्म गर्ने योजना बनाएको छ। हाल विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५ सयको हाराहारीमा उडान हुने गरेका छन्।

हाल रातिको समयमा काठमाडौं उडान गर्ने वायुसेवामा कतारले राति १ बजे, क्याथे प्यासिफिक १० बजे, चाइना साउदर्न १० बजे, वायुसेवा निगम पौने १२ बजे, जेट एयर ११ बजे, मलेसियन एयर साढे १० बजे, मालिन्दो एयर पौने १० बजे र टर्किस एयरले बिहान ८ बजे उडान गरिरहेका छन्।

आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाको पिक आवरको उडान १० देखि ३ बजेसम्म हुने गरेको छ। आन्तरिक उडान बिहान ६ बजे हुने गरेकोलाई ८ बजेपछि राख्ने व्यवस्था मिलाइएको छ। पछिल्लो समय प्राधिकरणले विभिन्न ६ वटा विमानस्थलमा रात्रि उडान सुविधा दिएकोले साँझपख पनि सहजै आन्तरिक उडान हुन सक्छ। त्यसैले उडान व्यवस्थापन मिलाउन सकिने प्राधिकरणको भनाइ छ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौं आएका अन्तर्राष्ट्रिय विमानहरु यात्रु ओराल्ने र राख्ने गरेर एक/डेढ घण्टाभित्रै फर्किहाल्छन्। कुनै–कुनै वायुसेवा भने राति आएर भोलिपल्ट बिहान उडान गर्ने गरेका छन्।

त्रिभुवन विमानस्थलले वि.सं. २००६ सालदेखि गौचरण विमानस्थलको नामबाट नागरिक उड्डयन सेवा सुरु गरेको थियो ।

वि.सं. २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइमा फैलिएको छ। विमानस्थलमा ट्विनअटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ।

अतिरिक्त शुल्कबाट धावनमार्ग निर्माण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच वर्षदेखि यात्रुबाट लिएको अतिरिक्त शुल्कलाई धावनमार्ग जीर्णोद्धारमा प्रयोग गर्दै छ।
विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिँदै आएको एक हजार रुपैयाँ संकलन गरी ४ अर्ब २७ करोड लागतमा धावनमार्ग जीर्णाेद्धार गरिन लागिएको हो।

६ दशकपछि जीर्णाेद्धार
२००६ सालदेखि सञ्चालनमा आएको विमानस्थलको पूरा धावनमार्ग जीर्णाेद्धारको काम पहिलो भएको विमानस्थल कार्यालयले जनाएको छ।

६ दशकपछि विमानस्थलकोे धावनमार्गमा रहेको कालोपत्रलाई फेरेर नयाँ कालोपत्र राख्ने तयारी गरिएको हो। विमानस्थल जीर्णाेद्धारका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङलाई ठेक्का दिइएको छ ।

प्रकाशित २० फागुन २०७५, सोमबार | 2019-03-04 12:32:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।