एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: कति पाउँछन् मृतक परिवारले बीमा रकम?



हेलिकप्टर
हेलिकप्टर

गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश ती व्यक्ति थिए जसले नेपालको उड्डयन नीति बनाउँथे, कार्यान्वयन गर्थे।

उनीहरुको बुझाईमा नेपालको हवाइ यात्रु सुरक्षा, बीमासहित अन्य नीतिनियमहरु निर्देशित हुँदै आएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।

दुर्घटनापछि उड्डयन नीति निर्माण गर्नेहरूका परिवारले अब बीमा बापत कति रकम पाउँछन् त? नेपाल उड्डयन प्राधिकरण तथा हेलिकोप्टर कम्पनीकाअनुसार पीडित परिवारले वार्सा महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेर बीमा रकम पाउनेछन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा गत मंसिर २९ देखि लागू भएको छ। अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाइयात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडीआर (अन्तर्राष्ट्रिय) मुद्रा कोषको मौद्रिक इकाइ) बराबर बीमा पाउँछन्।

यो रकम भनेको १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर बराबर हो। तर यो महासन्धि आन्तरिक उडानमा लागू नहुने उड्डयन अधिकारीहरूको भनाइ छ।

हवाइ उडानसम्बन्धी वार्सा महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेको नेपालको आन्तरिक उडानमा बीमा दायित्व २० हजार अमेरिकी डलर उल्लेख छ। सोहीअनुसार मृतकका परिवारले कम्तिमा २० हजार अमेरिकी डलर पाउने उनीहरू बताउँछन्। यो रकम वायुसेवा कम्पनीले आफ्नो बीमा नीतिअनुसार दिने हो।

विमान कम्पनीले आफ्नो बीमा नीतिअनुसार बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले नेपालखबरलाई बताए।

एयर डाइनेस्टी स्रोतका अनुसार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएमा हेलिकोप्टर पाइलट प्रभाकर केसीको एक करोड रुपैयाँ हाराहारीको बीमा छ। यो रकम उनको परिवारले पाउनेछ। यात्रुहरुको हकमा २०/२५ लाख रुपैयाँसम्मको बीमा छ। तर यो एयर डाइनेस्टीले अनौपचिारक रुपमा दिएको जानकारी हो। आधिकारिक रुपमा उसले केही बताएको छैन।

बुधबार ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर एएस ३५० दुर्घटना भएको थियो।

प्रकाशित १९ फागुन २०७५, आइतबार | 2019-03-03 16:06:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।