राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहतमा पुगेपछि राजस्व चुहावटका मुद्दा र बिगो दाबी बढ्यो


Kshamadevi Group


राजस्व अनुसन्धान विभागको अनुगमनको तस्बिर (फाइल)
राजस्व अनुसन्धान विभागको अनुगमनको तस्बिर (फाइल)

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गएपछि राजस्व अनुसन्धानको काम द्रुत गतिमा अघि बढेको छ।

गत आर्थिक वर्ष भरिमा राजस्व चुहावटका ८ वटा घटना अनुसन्धान गरी १ लाख ३८ हजार रुपैयाँ मात्रै बिगो दाबी भएकोमा चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नै विभागले ५२ वटा घटना अनुसन्धान गरी ९१ लाख ७७ हजार रुपैयाँबराबरको बिगो दाबी गरेको हो।

अर्थ मन्त्रालय मातहतमा रहेको उक्त विभाग गत वर्षदेखि प्रधानमन्त्री कार्यालयमा सरेको थियो।

त्यस्तै विदेशी मुद्रा अपचलनको मुद्दाअन्तर्गतको अनुसन्धानको र त्यसको प्रभाव बढेको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा ६४ वटा मुद्दामा ८० हजार मात्रै बिगो दाबी भएको थियो। तर चालू आवको माघसम्ममा ३७ वटा घटनामा ४७ लाख २६ हजार बिगो दाबी भएको छ।

प्रधानमन्त्री कार्यालय पुगेपछि यो कार्यालयको कामको दायरामा फनि फेरबदल भएको छ। भन्सार र भ्याट निर्धारणको काम यो विभागले हेर्न छाडेको छ। त्यस्तै चुहावट भएको राजस्व असुली पनि अहिले यो विभागले गर्न पाउँदैन।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार विभागको काम कारबाही प्रभावकारी भन्नुमा अर्थ मन्त्रालयबाट हट्नु नै पहिलो कारण देखिएको छ।

उनी भन्छन्, ‘प्रधानमन्त्री कार्यालयअन्तर्गत यो विभाग पुगेपछि एकद्वारको निर्देशन हुने गरेको छ। प्रधानमन्त्रीको मात्रै निर्देशन हुन्छ, त्यस्तै काम गर्न कुनै सहकार्य पनि गर्नुपर्दैन । त्यसैले विभागलाई अहिले अनुसन्धान गर्न खुल्ला र स्वतन्त्र भएको महसुस भएको छ।’

सरकार स्थिर सरकार भएकोले र सरकार परिवर्तन नहुँदा विभागको योजनाअनुसार काम गर्न भइरहेको उनले बताए। योभन्दा पहिले सरकार परिर्वतन भएसँगै विभागमा विभिन्न खालको निर्देशनहरु आउने गरेकामा त्यस्तो आउनछाडेको छ। यसले गर्दा पनि सहज भएको उनको भनाइ छ।

विभागले पनि अहिले सदाचारको हिसाबका काम गरिरहेको छ। अहिलेसम्मको काममा केही प्रगति देखिएको छ तर यो आवको अन्त्यसम्ममा भ्याट अनुसन्धानलगायतका मुद्दामा नक्कली भ्याट बिलमा अर्बौबराबरको बिगो दाबी हुने अनुसन्धान भइरहेको मैनालीले जानकारी दिए।

राजस्व चुहावटअन्तर्गत आर्थिक वर्ष २०७१।०७२ मा दुईवटा मुद्दामा १ लाख १६ बिगो दाबी भएको थियो। त्यसपछि २ वर्ष कुनै यस्ता घटनाहरु नै विभागले देख्न सकेन।

मैनालीका अनुसार राजस्व चुहावटसम्बन्धी योभन्दा अघि कुनै प्रभावकारी अनुसन्धान नै नभएको देखिएको छ।

यो वर्षको प्रगतिलाई उल्लेख्य मान्न सकिने र आगामी दिनमा यो काम प्रभावकारी रुपमा अघि बढाउने उनले दाबी गरे।

प्रकाशित १७ फागुन २०७५, शुक्रबार | 2019-03-01 18:44:23
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।