बुद्ध एयरले खरिद गर्‍यो नयाँ विमान, मार्च दोस्रो साता नेपाल आइपुग्ने



बुद्ध एयर
बुद्ध एयर

निजी क्षेत्रको अग्रणी हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि नयाँ विमान खरिद गरेको छ।

भारतको कलकत्तामा नयाँ उडान भर्ने लक्ष्यका साथ बुद्धले १ अर्ब रुपैयाँमा नयाँ विमान खरिद गरेको जनाएको छ। विमान मार्च दोस्रो साता फ्रान्सबाट काठमाडौं आइपुग्नेछ।

खरिद गरिएको विमान सेकेण्ड ह्यान्डको एटीआर विमान हो, जसको ७२ सिट क्षमता रहेको छ। बुद्ध एयरका अनुसार विमान काठमाडौं ल्याएपछि केही दिन रंगरोगन र सिट मिलाउने काम गरिनेछ।

बुद्धका बजार निर्देशक रुपेश जोशीले विमान नेपाल ल्याउनका लागि शनिबार नौ जना क्याप्टेन तथा इन्जिनियरको टोली फ्रान्स जाने जानकारी दिए।

जोशीका अनुसार बुद्धले अप्रिल १ अर्थात् चैत १८ गतेबाट भारतको कलकत्तामा नयाँ उडान सुरु गर्नेछ। साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन कलकत्ता उडान भर्ने योजना बुद्धको छ। यसका लागि भारतमा बजार व्यवस्थापनको काम समेत बुद्धले सुरु गरिसकेको जनाएको छ।

हाल उक्त एयरले भारतको बनारसमा सोमबार र शुक्रबार गरी साताको दुई दिन अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। अन्तर्राष्ट्रिय उडान विस्तारकै सिलसिलामा बुद्धले भारतको कलकत्ताबाट नयाँ उडान भर्न लागेको हो।
आन्तरिक उडानतर्फ ५२ प्रतिशत बजार हिस्सा ओगटेको बुद्धले हाल ११ विमानबाट दैनिक दर्जनभन्दा बढी गन्तव्यमा उडान भर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कलकत्तासम्मको हवाइ दूरी १ घण्टा ३० मिनेटको हुनेछ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने
बुद्ध एयरले कलकत्ता उडान हप्तामा तीनवटा बनाउनुको मुख्य उद्देश्य पर्यटक भित्र्याउने रहेको जोशीले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमध्ये ६० प्रतिशतभन्दा बढीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरिरहेको अवस्थामा बुद्ध भने पर्यटक केन्द्रित भएको हो।

‘बुद्ध एयरलाइन्सले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट नयाँ पर्यटक ल्याउने योजना बनाएको छ। नेपाल पर्यटन बोर्डको लोगो राखेर भारतीय पर्यटक नेपाल ल्याउने योजनाका साथ प्रचारप्रसार गरेका छौँ’, जोशीले नेपालखबरसँग भने, कलकत्तामा मात्र ३ लाखभन्दा बढी नेपालीहरु बसोबास गर्छन्। उनीहरुका लागि पनि उडानले सहयोग पुग्छ।’

२२ वर्षको उडान अनुभव
सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। ‘विच १९००डी’ विमानबाट उडान सुरु गरेको बुद्धसँग हाल ११ विमान रहेका छन्। नयाँ विमान फ्रान्सबाट ल्याएपछि बुद्धले १२ विमानबाट उडान भर्नेछ। सन् २०१८ मा आन्तरिकतर्फ सबैभन्दा बढी २८ हजार ८ सय ८१ पटक उडान भरेको छ । उक्त उडानमा बुद्ध एयरले १३ लाख २५ हजार ४ सय ९ यात्रु बोकेको छ।

६ सय ६६ सिट क्षमता
हाल कम्पनीको ६ वटा ७२ सिटे एटीआर, तीनवटा ४२ सिटे एटीआर र दुईवटा १८ सिटे बीच क्राफ्टलगायत ११ वटा जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत, तुम्लिङटार, भरतपुर, पोखरा गरी ११ क्षेत्रमा उडान भर्दै आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ।

नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमानसहित बुद्धको कुल सिट क्षमता ६ सय ६६ सिट पुगेको छ।

प्रकाशित १६ फागुन २०७५, बिहिबार | 2019-02-28 13:15:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।