वैदेशिक लगानी कानुन संशोधन तयारी, यी हुन् ६ मुख्य परिवर्तन


Kshamadevi Group


लगानी बोर्ड
लगानी बोर्ड

आउँदो चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनको ‘टार्गेट’ गरेर सरकारले ऐन कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ।

सरकारले ‘विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ नै निर्माण गरी संसदमा समेत पेस गरेको हो।

उक्त विधेयकले नै विदेशी लगानीकर्तालाई आकर्षण गर्नसक्ने लगानी बोर्डको धारणा छ। लगानी बोर्डले उक्त विधेयक संसदबाट पास भएको खण्डमा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी सुरक्षित रहेको र लगानीको वातावरण समेत रहेको भन्दै उत्साहित हुनसक्ने दाबी बोर्डले गरेको हो। बोर्डका प्रवक्ता उक्तम भक्त वाग्लेका अनुसार २ वर्षअघि भएको लगानी सम्मेलन केही कमजोर देखिएको थियो।

त्यसका मुख्य कारणहरु ऐनहरु नै देखिएका थिए। त्यसकारणले यो वर्षको लगानी सम्मेलन उदाहरणीय बन्नको लागि पनि यो विधेयक पास हुन जरुरी रहेको उनको भनाइ छ।

१. सबै सेवा एकै स्थानमा
सरकारले तयार गरेको उक्त विधेयकले विदेशी कम्पनीलाई आकर्षण गर्नको लागि सबै सेवा एकै स्थानमा दिने व्यवस्था गरेको छ। उक्त विधेयकअनुसार विदेशी लगानीकर्ताहरुले लगानी गर्न चाहेमा कम्पनी दर्तादेखि कर कार्यालयजस्ता निकायमा धेरै पटक धाउनुपर्दैन अर्थात् सबै प्रकारका सेवा एकै स्थानबाट पाउने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ।

उक्त विधेयकले एकल विन्दु सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराइनेछ। विधेयकमा भनिएको छ, ‘नेपाल सरकारले विदेशी लगानीकर्तालाई यस ऐन तथा प्रचलित अन्य कानुनबमोजिम उद्योग दर्तादेखि बहिर्गमनसम्मका सबै सेवाहरु तथा प्रचलित कानुन बमोजिम प्रदान गरिनेछ।’

त्यस्तै, उक्त विधेयकले विदेशी कम्पनीलाई सहुलियत समेत दिने व्यवस्था गरेको छ। नेपाली कम्पनीहरुले अहिले विदेशी मुद्राको कारोबार गर्न पाउँदैनन्। तर उक्त विधेयकले विदेशी मुद्राको कारोबार गर्न विदेशी लगानीकर्ताहरुलाई छुट दिएको छ। नेपालमा आएर उनीहरुले विदेशी मुद्रा रहने बैंक खाता खोल्नसक्ने र सोबाट कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै नेपाली रकममा पनि उनीहरुले कारोबार गर्नसक्नेछन्।

२. नाफा रकम सबै विदेश लैजान पाउने
त्यस्तै नेपालमा आर्जन गरेको नाफा रकम सबै विदेश लैजान पाउने व्यवस्था छ। त्यसमा नेपालमा भुक्तानी गर्नुपर्ने सबै कर भने चुक्ता गरेको हुनुपर्नेछ।

विदेशी लगानीकर्ताले आफ्नो लगनी भएको क्षेत्रमा काम गर्ने कामदारको हकमा उच्चपदस्थ कर्मचारी ल्याउन पाउने व्यवस्था गरेको छ। त्यस्तै प्राविधिक जनशक्ति पनि आवश्यक परेको खण्डमा ल्याउनसक्ने व्यवस्था प्रस्तावित ऐनमा गरिएको छ।
नेपाली उद्योगले जति सुरक्षा पाउनेछन्, सोही बराबरको सुरक्षा विदेशी कमपनीलाई पनि दिने व्यवस्था विधेयकमा उल्लेख छ।

३. ६ महिनाको गैरपर्यटक भिसा
त्यस्तै, लगानीकर्ताहरुलाई नेपाल आवतजावतमा समेत सरकारले सुविधा दिने भएको छ। विधेयकमा उल्लेख भएअनुसार नेपाल आउन चाहनेलाई ६ महिनाको गैरपर्यटक भिसा दिइनेछ। त्यस्तै नेपालमा लगानी भइसकेको हकमा भने लगनीकर्ता र उसको एक जना प्रतिनिधिलाई नेपालमा व्यवसाय सञ्चालन गरुन्जेलसम्म भिसाको व्यवस्था गर्नेछ। विदेशीले पहिलो लगानी सम्मेलनमा समेत उठाएको जग्गा उपलब्धिको विषयलाई यो विधेयकले स्पष्ट व्यवस्था गरेको छ।

४. सेजमा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाइने
विधेयकमा कुनै स्थान विशेषमा लगानी गर्न चाहेको खण्डमा प्रचलित कानुनअनुसार जग्गा खरिद गर्नुपर्नेछ। त्यस्तै विदेशी लगानीकर्ताहरुले विशेष आर्थिक क्षेत्र (सेज)मा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाउनेछन्। जसमा सरकारले नै जग्गा उपलब्ध गराएको हुन्छ। उक्त विधेयकले विदेशी लगानीकर्ताले सञ्चालन गरेको उद्योग व्यवसायलाई जस्तोसुकै खण्डमा पनि राष्ट्रियकरण नगर्ने उल्लेख गरेको छ।

५. यी हुन् नेपालमा विदेशीले लगानी गर्न नपाउने क्षेत्रहरु
लघु उद्यम र घरेलु उद्योग सञ्चालन, हतियार खरखजाना व्यवसाय, गोलीगठ्ठा, बारुदी विस्फोटक पदार्थ हातहतियार उत्पादनका क्षेत्र, सुरक्षण मुद्रणका क्षेत्र, घरजग्गा व्यवसाय, खुद्रा व्यापार, ट्राभल एजेन्सी, मसाज सेन्टर, ब्युटिपार्लर, स्पा, होमस्टे, कुखुरापालन, मौरीपालन, सञ्चारमाध्यम सञ्चालन, शैक्षिक परामर्श कार्यालय सञ्चालन, तालिम संगीत क्षेत्र, कानुनी परामर्श केन्द्र आदिमा लगानी गर्न नपाउने व्यवस्था उक्त विधेयकमा उल्लेख छ।

६. लगानी सम्मेलन लक्षित अन्य ऐन
सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संसदमा पेस भएर अहिले छलफलको अवस्थामा छ। त्यस्तै, विदेशी विनिमय ऐन २०२० परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले खाका बनाइरहेको छ। खानी तथा खनिज पदार्थ ऐन २०४२ संशोधनको प्रक्रियामा नै रहेको छ। सार्वजनिक खरिद ऐन २०६३, औद्योगिक व्यवसाय ऐन २०७३, कम्पनी ऐन २०६३ पनि संशोधन को प्रक्रिया नै रहेको छ। त्यस्तै श्रम नियमावली २०७५ पनि निर्माणाधीनको अवस्थामा रहेको छ।

प्रकाशित १४ फागुन २०७५, मंगलबार | 2019-02-26 18:44:56
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।