१६ विमानस्थल सञ्चालनमा आउन सकेनन्, करोडौँको लगानी खेर

५९ वर्षअघि नै सञ्चालनमा आएको विमानस्थल अहिले गौचरनमा परिणत



मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४, हुम्डेस्थित हुम्डे विमानस्थलमा २०७० मंसिरमा पुगेको नेपाल वायुसेवा निगमको जहाज ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४, हुम्डेस्थित हुम्डे विमानस्थलमा २०७० मंसिरमा पुगेको नेपाल वायुसेवा निगमको जहाज ।

देशभरका विभिन्न स्थानमा निर्माण गरिएका १६ विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन हुनपुगेका छन्।

यीमध्येमा केहीमा उडान भएर बन्द भएका छन्। केहीमा भने निर्माण सम्पन्न भए पनि परीक्षण उडान समेत हुनसकेका छैनन्।

आजभन्दा पाँच/छ दशकअघि नै उडान सुरु भएका विमानस्थलसमेत हाल गौचरनमा परिणत भएका छन्। विमानस्थल प्रयोगविहीन हुनथालेपछि यस्तो अवस्था आएको हो।

सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित सञ्चालनमा भने सरकारले चासो नै नदेखाएजस्तो भएको छ। विमानस्थल सञ्चालनमा नआउँदा सरकारको करोडौंको लगानी बालुवामा पानी खन्याएसरह हुनपुगेको छ। एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालकै पुरानो विमानस्थल गौचरनमा परिणत
५९ वर्षअघि अर्थात् वि.सं. २०१६ सालबाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल हाल गौचरनमा परिणत भएको छ। विमानस्थल निर्माण भएको १९ वर्ष अर्थात् २०३५ सालबाट उडान बन्द भएको विमानस्थल हालसम्म पुनर्सञ्चालनमा आउनै सकेको छैन।

त्यस्तै, वि.सं. २०१७ सालबाट सञ्चालनमा आएको मेघौली विमानस्थल वि.सं. २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म २ वर्ष उडान बन्द भएको थियो। बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन। सातामा ३ वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको उक्त विमानस्थल हाल प्रयोगविहीन बनेको छ।

कुन–कुन विमानस्थल बन्द?
उडानविहीन भएका १६ विमानस्थलमध्ये सन् १९७८ मा सञ्चालनमा आएको बैतडी विमानस्थल, सन् १९७६ मा सञ्चालन भएको बझाङ विमानस्थल, सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थलमा उडान ठप्पप्रायः छ।

यसैगरी सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको डोटी विमानस्थल, सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको खन्गेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा हालसम्म जहाज उडान हुनसकेको छैन।

यस्तै, सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा हालसम्म उडान हुनसकेको छैन्। त्यस्तै स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल र रोल्पा विमानस्थलमा पनि उडान भएको छैन।

कतिपय विमानस्थल निर्माण सम्पन्न भएपश्चात् परीक्षण उडान समेत हुनसकेको छैन भने कतिपय विमानस्थल गौचरनमा परिणत भएका छन्।

प्रकाशित १४ फागुन २०७५, मंगलबार | 2019-02-26 13:36:13
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।