टुटल र पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने


Kshamadevi Group


राइड–सेयरिङ एपबाट सञ्चालन हुने यातायात सेवा प्रदायक टुटल र पठाओलाई करको दायरमा ल्याउन सरकारले काम अघि बढाएको छ।

आन्तरिक राजश्व विभागले यी कम्पनीहरूबाट भ्याट र आयकर कसरी निर्धारण गर्ने भन्ने विषयमा अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो।

दुवै कम्पनीले तिर्नुपर्ने कर उनीरुले गर्ने कारोबारको आधारमा निर्धाण गर्न लागिएको आन्तरिक राजशव विभाग प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए। अहिले भइरहेको कारोबार र योभन्दा पहिले भएको कारोबारमा समेत कर लगाउने तयारी विभागले गरेको छ।

'दुवै कम्पनीहरूलाइ आयकर दायरामा ल्याउँदै उनीहरूकाे करको दर निर्धारण गर्ने काम १० दिन भित्र तय गरिसक्छाैं', उनले नेपालखबरसँग भने, 'दुवै कम्पनी स्थापना यता ग्राहकलाई सेवा दिँदा उठाएको भ्याट तथा उनीहरूको आयमा लाग्ने आयकर निर्धारणका लागि अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अब धेरै दिन लाग्दैन।'

टुटलले स्थायी लेखा नम्बर प्यानका भरमा मात्रै व्यवसाय सुरु गरे पनि यात्रुसँग १३ प्रतिशत भ्याट असुल्दै आएको थियो। राइड–सेयरिङ एपका भरमा सञ्चालित यो व्यवसाय बन्द गराउन ट्याक्सी चालकहरूको उक्साहटमा ट्राफिक प्रहरीले कोसिस गरेको थियो। सामाजिक सञ्जालमा टुटल र पठाओप्रति जनसमर्थन देखिइरहेकै बेला अंग्रेजी दैनिक रिपब्लिकाले कर नतिरेको विषय सबैभन्दा पहिला सार्वजनिक गरेको थियो। त्यसपछि विभागले अनुसन्धान अघि बढाएको हो।

टुटलको सञ्चालक कम्पनी हाइपर लुक्स नेपाल प्यानमा दर्ता भए पनि भ्याटमा दर्ता भएको छैन। उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाइसम्म करिब १९ महिनासम्म भ्याट शीर्षकमा उपभोक्ताबाट रकम उठाएको थियो। हाइपरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट उठाउने विषयमा पर्याप्त जानकारी नहुँदा यस्तो हुन गएको दाबी गर्छन्। 

टुटल मोटरसाइकलमा यात्रु बोक्ने सेवा हो। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग हाल १२ हजारभन्दा धेरै राइडर छन्। पूर्णकालीन मोटरसाइकल चालकले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेको कम्पनीले जानकारी गराएको छ।

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 19:45:28
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।