आन्तरिक उडानमा बुद्ध अगाडि, १ वर्षमा २८ हजार पटक उड्यो



बुद्ध एयर
बुद्ध एयर

आन्तरिक उडान भर्ने विमान कम्पनीहरुको प्रतिस्पर्धामा बुद्ध एयरले अन्य सबैलाई उछिनेको छ ।

सन् २०१८ मा सबैभन्दा बढी उडान भर्ने विमान कम्पनीको सूचीमा बुद्ध एयर पहिलो स्थानमा रहेको छ।

त्रिभुवन विमानस्थलका अनुसार सन् २०१८ मा यस कम्पनीले २८ हजार ८ सय ८१ पटक उडान भरेको छ । उक्त उडानमा बुद्ध एयरलाइन्सले १३ लाख २५ हजार ४ सय ९ यात्रु बोकेको देखिन्छ।

हाल कम्पनीको ६ वटा ७२ सिटे एटीआर, तीनवटा ४२ सिटे एटीआर र दुईवटा बीच क्राफ्टलगायत ११ वटा जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत, तुम्लिङटार, भरतपुर, पोखरा र माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ। यस्तै कम्पनीले भारतको वाराणसीमा उडान गर्दै आएको छ भने अप्रिल १५ बाट कलकत्तामा उडानको तयारी गरेको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। बुद्धले ‘विच १९०० डी’ विमानबाट उडान सुरु गरेको थियो।

आन्तरिक उडानमा यति एयरलाइन्स बुद्ध एयरलाई पछ्याउँदै अघि बढेको छ। एक वर्षमा यतिले १९ हजार १ सय ४० पटक विमानले उडान गरी दोस्रो स्थानमा पर्न सफल भएको छ। उक्त उडानमा यतिले ६ लाख ६८ हजार ६ सय ६४ जना यात्रु बोकेको छ। हाल यतीसँग ३ एटीआर र ६ जेट स्ट्रिम गरी ९ वटा विमान छन्।

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले भने पाचौँ स्थानमा रहेको छ। एक वर्षमा निगमले ३ हजार ९ सय ५५ पटक उडान भरेको छ। उक्त उडानमा निगमले ७९ हजार १ सय ७२ यात्रु बोकेको छ। आन्तरिकतर्फका उडानमा निगमका विमानमा समस्या उत्पन्न हुने र आन्तरिक समस्याका कारण निगमका विमानले नियमित उडान भर्न सकेका छैनन्।

हाल निगमसँग आन्तरिकतर्फ वाई–१२ईका ४ वटा, एमए–६० का २ वटा र ३ वटा ट्विनअटर विमान गरी ९ वटा विमानले उडान गर्दै आएका छन्। निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान भर्न सकेको छैन। त्यस्तै एमए–६० को एक विमान, वाई–१२ ई का चार विमान र ट्विनअटरको एक विमान लामो समयदेखि विमानस्थलमा ग्राउन्डेड छन्।

निगमसँग हाल २ वटा वाइटबडी र २ वटा न्यारोबडी गरी ४ विमान छन्। उक्त विमानले दुवई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँ दिल्लीलगायत छोटो दूरीमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन्।

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 16:49:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।