काठमाडौं

भैरहवा र जनकपुर रुटबाट दुईतर्फी उडान अनुमति दिन आईकाओलाई नेपाल र भारतको निवेदन



युरोप, मध्यपूर्वी मुलुक लगायतबाट नेपालमा आउने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता अब हट्ने भएको छ।

नेपाल र भारत दुवै देशले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)मा निवेदन दिएपछि यस्तो बाध्यता हट्ने अनुमान गरिएको छ। यदि आईकाओले अनुमति दिए अन्तर्राष्ट्रिय उडानहरुमा नेपाललाई सहज हुनेछ भने सिमराबाहेक भैरहवा र जनकपुरबाट समेत सहजै विमानले दुईतर्फी उडान गर्न सक्नेछन्।

विगत पाँच वर्षयता भारतसँग नयाँ हवाइ रुट थप्नका लागि नेपालले आग्रह गर्दै आएको छ । नेपालगञ्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा हवाई रुट थप्न आग्रह गरे पनि भारतले सकारात्मक रहेको भन्दै टार्दै आएको थियो। भैरहवा र जनकपुर रुटका लागि भने सहमत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

हाल नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कलकत्ता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। यसैगरी पश्चिमबाट आउने जहाज दिल्ली हुँदै गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्।

सिमराको तुलनामा नयाँ कायम हुने रुट सहज र छोटो हुने प्राधिकरणले जनाएको छ।

नयाँ हवाई रुट कायम भएमा सिमराभन्दा नेपालगञ्ज विन्दुबाट काठमाडौं आउन १४ नर्टिकल माइल दूरी कम हुन्छ। त्यस्तै भैरहवा आउन १६९ नर्टिकल माइल कम र पोखरा आउन १६५ नर्टिकल माइल कम दूरी पर्न आउँछ।

सिमरामा भएको बढ्दो हवाई ट्राफिक पनि कम हुन्छ। नेपालले भारतसँग नेपालगञ्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरबाट हवाई रुट थप गर्न सहमति माग्दै आएको थियो।

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 12:57:57
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।