जपानद्वारा नेपाल एयरलाइन्सलाई उडान अनुमतिभन्दा पहिल्यै एयरपोर्ट शुल्कमा छुटको घोषणा



वाइडबडी विमान
वाइडबडी विमान

जापानको ओसाका विमानस्थलले नेपाल एयरलाइन्सको विमानको एक वर्षम्मको ल्यान्डिङ र पार्किङमा छुट दिने घोषणा गरेको छ।

नेपाल जापान उडान अन्तिम तयारीमा पु¥याएको नेपाल एयरलाइन्सललाई जापान सिभिल एभिएसन (जेक्याब) ब्युरोले उडान अनुमति (एओसी) नदिँदै ओसाका विमानस्थलले उक्त छुटको घोषणा गरेको हो। एक वर्षसम्मको पार्किङ र ल्यान्डिङमा पूर्ण रुपमा छुट गरेको विमानस्थलले विमानस्थल सेवा शुल्कमा दोस्रो वर्ष ७५ र तेस्रो वर्ष ५० प्रतिशत छुट गरेको निगमका सहप्रवक्ता नवराज कोइरालाले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार तेस्रो वर्षपछि तोकिएको शुल्क विमानस्थललाई बुझाउनु पर्छ। 

विमानस्थल सेवा शुल्कसमेत बुझाउँदा खर्च बढ्ने भएपछि निगमले ओसाका विमानस्थल प्रशासनसँग गरेको अनुरोधमा सो छुट प्राप्त गरेको सहप्रवक्ता कोइरालाले जानकारी दिए।

‘ओसाका विकानस्थलले पहिलो वर्षको विमानस्थल सेवा शूल्कमा पूर्ण रुपमा छुट दिने निगमलाई जानकारी गराएको छ’, उनले भने। उनले एक वर्षको विमानस्थल शुल्क नै करोडभन्दा बढी हुने हुँदा सो रकम निगमलाई फाइदा हुने बताए।

ओसाकामा यसभन्दा अगाडि नै उडान भरेको अनुभव निगमसँग छ। ओसाकामा उडानका लागि नेपाल वायु सेवा निगमको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति (एओसी) दिइसकेको छ भने जापानको एओसीको पर्खाइमा निगम रहेको छ।

जेक्याबले एओसी दिन ढिलाइ गरेकै कारण तोकिएको समयमा जापान उड्न गर्न नसक्दा निगम घाटामा छ। निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिट क्षमताको दुई थान ‘ए३३०–२००’ वाइडबडी, एक सय ५८ सिट क्षमताको दुई थान ‘ए३२०–२००’ न्यारोबडी विमान छन्।

लामो दूरीका अन्तर्राष्ट्रिय उडान भर्न खरिद गरिएको वाइडबडीले गन्तव्य नपाउँदा न्यारोबडीले उडान भर्दै आएका स्थानमा उडान गर्दै आएका छन्। गन्तव्य नहुँदा हाल वाइडबडी विमानले दुवई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँ दिल्लीलगायत छोटो दूरीका गन्तव्यमा उडान भरिरहेका छन्।

 

प्रकाशित १२ फागुन २०७५, आइतबार | 2019-02-24 18:09:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।