वाइडबडी विमानको नियमित उडान नहुँदा निगमले समयमै किस्ता तिर्न सकेन



वाइडबडी विमान
वाइडबडी विमान

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले खरिद गरेको नयाँ वाइडबडी विमानले लक्ष्यअनुरुप गन्तव्यमा उडान भर्न नपाउँदा खरिदका लागि लिएको ऋणको किस्ता रकम तिर्न समस्या भएको छ।

विमानको नियमित उडान नहुँदा किस्ता रकम भुक्तानीमा समस्या भएको निगमले जनाएको छ।

विमान खरिद गर्दा नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग निगमले १२÷१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। उक्त ऋणको निगमले तीन/तीन महिनामा दुवै कोषलाई किस्ता रकम एकमुष्ट १ अर्ब १३ करोड रकम भुक्तानी गर्नुपर्ने हुन्छ।

निगमले पहिलो किस्ता बराबरको रकम असोज मसान्तमै भुक्तानी गरे पनि दोस्रो किस्ता बराबरको रकम भने समयमै बुझाउन नसकेको हो । दोस्रो किस्ता रकममध्येमा ४३ करोड रुपैयाँ पुस मसान्तमै भुक्तानी गरिएको निगमका सह–प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

वाइडबडी विमानले नियमित उडान भर्न नसक्दा रकम भुक्तानी गर्न समस्या भएको निगमको भनाइ छ। नियमित उडानका लागि हाल त्रिपक्षीय रुपमा वार्ता भइराखेको कोइरालाले जानकारी दिए। उनले भने, ‘केही समय हामीलाई समस्या भएको हो, यसका लागि सरकारलाई खबर गरेका छौँ। वाइडबडी विमानले जापान र चीनमा नियमित उडान गरेपछि समस्या हुँदैन।’

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कर्मचारी सञ्चयकोषका प्रशासकीय प्रमुख तुलसीप्रसाद गौतमले निगमले कोषलाई नियमित तिर्दै आएको किस्ता रकम नतिरेको जानकारी गराएका थिए।

नियमित उडानमा समस्या
सरकारले गत असार र साउन महिनामा खरिद गरेको वाइडबडी ए ३३०–२०० को दुईवटा विमानले नियमित उडान भर्न सकेको छैन। नेपाल–जापान उडानको योजना बनाएको निगमलाई जापानले उडान अनुमतिमा ढिलाइ गरेपछि जापान उडान पछाडि धकेलिएको छ।

नेपाल वायुसेवा निगमले गत पुस ३ गते जापानको ओसाकामा उडान अनुमतिका लागि औपचारिक निवेदन पत्र पठाएको थियो। निवेदन पठाएको २ महिना बितिसक्दा समेत जापानबाट पत्रको प्रतिक्रिया आएको छैन। सोही कारण वाइडबडी विमानको जापान उडान अन्योलमै छ। लक्ष्यअनुरुपका गन्तव्यमा नियमित उडान गरी क्रमशः विमान खरिदको ऋण घटाउने निगमको योजनालाई यसले समस्यामा पारिदिएको छ।

‘हाम्रो तर्फबाट हुने सम्पूर्ण तयारी पूरा भयो। जापानबाट अनुमति पत्र आएको एक महिनाभित्र उडान सुरु हुन्छ, नेपाल वायुसेवा निगमका सह–प्रवक्ता नवराज कोइरालाले अगाडि भने, ‘जापानले अहिले हामीले पठाएको कागजपत्र पुनरवलोकन गर्ने काम गरेको छ, मार्च महिनाभित्र वाइडबडी विमानले जापानमा उडान भर्छ।’

जापानमा उडान सुरु भएसँगै चीनको ग्वन्जाओमा हुने उडानबारेको अन्योल पनि कायमै छ। चीनमा विमान उडान अनुमतिका लागि निगमले गत मंसिर १६ गते नै पत्र पठाइसकेको छ। कोइरालाका अनुसार जापानमा उडान सुरु भएसँगै चीनमा पनि सुरु हुनेछ।

निगमले दुवै देशमा प्राविधिक पठाएर अध्ययन अवलोकन समेत सुरु गरिसकेको जनाएको छ। ‘एक जना कन्ट्री मेनेजर पठाएका छौँ, उनीहरुले आफूले गर्नुपर्ने काम गरिरहेका छन्’, कोइरालाले भने।

जापानको ओसाकामा निगमले यसअघि पनि उडान गरेको थियो। निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिट क्षमताको दुई थान ‘ए३३०–२००’ वाइडबडी, एक सय ५८ सिट क्षमताको दुई थान ‘ए३२०–२००’ न्यारोबडी विमान सञ्चालनमा रहेका छन्।

लामो दूरीका अन्तर्राष्ट्रिय उडान भर्न खरिद गरिएको वाइडबडीले गन्तव्य नपाउँदा न्यारोबडी जहाजले उडान भर्दै आएका स्थानमा उडान गर्दै आएका छन्। गन्तव्य नहुँदा हाल वाइडबडी विमानले दुवई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँ दिल्लीलगायत छोटो दूरीका गन्तव्यमा उडिरहेका छन्।

प्रकाशित ९ फागुन २०७५, बिहिबार | 2019-02-21 12:49:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।