हिमालय एयरलाइन्सले विमानस्थललाई बुझायो एक करोड



हिमालय एयरलाइन्स
हिमालय एयरलाइन्स
तस्बिर: प्लेनस्पोटर्स डट नेट

हिमालय एयरलाइन्सले त्रिभुुवन विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने सेवा शुल्क वापतको एक करोड रुपैयाँ बुझाएको छ।

विमानस्थल कार्यालयले समयमै रकम दाखिला नगरे कानुनी कार्वाही गर्ने चेतावनी दिएसँगै एयरलाइन्सले एक करोड रुपैयाँ चेकमार्फत भुक्तानी गरेको हो। 

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार हिमालयले आगामी आइतबारको मिति राखेर विमानस्थल कार्यालयलाई बुधबार एक करोडको चेक बुझाएको छ। चेक हस्तान्तरण गर्दै एयरलाइन्सले नियमित रुपमा रकम बुझाउने भन्दै लिखित प्रतिवद्धता पत्रसमेत बुझाएको छ। प्रतिवद्धता पत्रमा सलाम एयरलाई केही समयको लागि विमान भाडामा लगाउने र भाडा बापत आएको रकम विमानस्थल कार्यालयलाई बुझाउने उल्लेख छ।

चेक हस्तान्तरणसँगै अब हिमालय एयरलाइसले विमानस्थल कार्यालयलाई १९ करोड रकम भुक्तानी गर्न बाँकी छ। वायुसेवा कम्पनीहरूले विमानस्थललाई सेवा शुल्कअन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ।

हिमालय एयरलाइन्सले पुसको अन्तिम साता रकम तिर्दै बक्यौता रकम दाखिला गर्न १० दिनको समय मागेको थियो। एयरलाइन्स आफैले मागेको १० दिनमा रकम जम्मा गर्न नकसेपछि गत माघ ४ गते एक महिनाको समय थप माग गरेको थियो।

रकम तिर्न आनाकानी गर्न थालेपछि एयरलाइन्सले मागेको एक महिनाको समयसीमा अनुसार विमानस्थल कार्यालयले फागुन ४ गते समयमै रकम दाखिला गर्न पत्राचार गरेको थियो।

चारवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको यो एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १ सय ५८ सिट क्षमताका तीनवटा विमान रहेका छन्। ती प्रत्येक विमानमा ८ बिजनेस र १५० इकोनोमी क्लासका सिटहरू छन्। यो एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित रहेको छ। हिमालयले पहिलो उडान २०७३ जेठ १८ गतेबाट सुरु गरेको थियो।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 20:17:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...