मेटलाईफका स्वयंसेवकद्वारा आवास पुनर्निर्माणमा सहयोग



मेटलाईफ नेपालका एक सय २० जना कर्मचारीहरु ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन्।

समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए।

स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको हेड अफ अपरेसन, राम कुमार यादवसंगै कम्पनीका भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठ सामेल थिए।

‘केही वर्ष ठुलो नोक्सानी र दुःख व्योहोरेका पाँचखालका समुदायको आवास पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदा कम्पनीले गौरव महसुस गरेको छौं। हामी हरेक दिन विश्वका लाखाै‌ं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हौं’ निर्मलकाजी श्रेष्ठले भने।

मेटलाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ। सन् २०१८ मा मेटलाइफका स्वयंसेवीले एसियाका ९ देशमा २५,००० भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन्।

संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाईफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ ।

मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको हो। मेटलाइफ फाउण्डेशनले स्थापनाकालदेखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको छ भने मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 18:57:15
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...