एक महिनाको नियमित जाँचपछि निगमको एमए–६० विमानले उडान भर्‍यो



फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)
फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको एमए–६० विमानले उडान भर्न सुरु गरेको छ।

दुई/दुई वर्षमा हुने विमानको नियमित जाँचपछि आजबाट उक्त विमानले उडान भर्न सुरु गरेको हो।

नियमित जाँचका लागि रोकिएको विमानले करिब एक महिनापछि पुनः उडान सुरु गरेको हो। जनवरी २५ बाट विमानको नियमित जाँच सुरु भएको थियो।

एक महिनापछि विमानले आज २ वटा उडान भर्ने नेपाल वायुसेवा निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए। उनका अनुसार विमानले पहिलो उडान काठमाडौं–विराटनगर र दोस्रो काठमाडौं–नेपालगञ्ज उडान गर्नेछ। विमानमा क्याप्टेन पीएस जेवी लामा र एमपी शाह तथा फट अफिसर टि लामा रहेका छन्।

नेपाल वायुसेवा निगमको एमए–६० विमानले उडान सुरु गरेसँगै निगमका अझै ७ विमान ग्राउन्डेड छन्। पाइलटको पीपीसी नवीकरण नहुँदा विमान ग्राउन्डेड भएका हुन्।

निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान भर्न सकेको छैन। त्यस्तै एमए–६० को एक विमान, वाई १२ ई का चार विमान र टिवनअटर को एक विमान लामो समयदेखि ग्राउन्डेड छन्।

याे पनि पढ्नुहाेस्:

पाइलट अभावका कारण नेपाल वायुसेवा निगमका ८ विमान ‘ग्राउन्डेड’

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 12:28:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।