पाइलट अभावका कारण नेपाल वायुसेवा निगमका ८ विमान ‘ग्राउन्डेड’



ग्राउण्डेड भएको निगमको ट्वीनटर विमान
ग्राउण्डेड भएको निगमको ट्वीनटर विमान
प्रविन कोइराला

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमका ८ वटा विमान पाइलट अभावका कारण ‘ग्राउन्डेड’ भएका छन्।

निगमको सुगम रुटमा उडान गर्ने चारवटा वाई१२ जहाजमध्ये एउटा ‘ग्राउन्डेड’ भएको छ भने तीनवटा विमान पाइलट अभावका कारण उडान भर्न सकेका छैनन्।

वाई१२ जहाजका २ पाइलट लामो समयदेखि बिरामी विदामा बसेको र एक पाइलटको पीपीसी (सीप परीक्षण प्रमाणपत्र) नवीकरण नहुँदा विमान ‘ग्राउन्डेड’ भएका हुन्।

पीपीसी नवीकरणका लागि एक हप्ताभित्र पाइलट आङ नुरी शेर्पा चिन जानुहुन्छ, तयारी सबै पूरा भएको छ। दुई/तीन दिनको कोर्स सकाएर उहाँ आएपछि जहाजले पुनः उडान भर्छ’, निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘वाई१२ जहाजका लागि नयाँ २ जना पाइलट (केबी लिम्बू र सिजुनाथ नेपाली) ल्याइएको छ। आङ नुरी शेर्पा चीनबाट पीपीसी नवीकरण गरी आएपछि दुई जनालाई प्रशिक्षण दिनुहुन्छ। बिरामी विदामा बस्नुभएका पाइलट र नयाँ दुई जना पाइलट आएपछि वाई १२ जहाजले नियमित उडान भर्छ। केही समयका लागि जहाजले उडान नगर्दा समस्या भयो अब छिट्टै नियमित उडान भर्छ।

कोइरालाका अनुसार दुईवटा एमए–६० विमानमध्येमा एउटा विमानको दुई वर्षमा हुने नियमित चेकजाँचअन्तर्गत चेकिङ हुँदै छ। अर्काे जहाजको आज परीक्षण उडान हुन्छ, भोलिबाट नियमित तालिकाअनुसार नै उडान हुन्छ। यस्तै, ३ वटा टिवनअटर जहाजमध्ये एउटा विमान वर्ष दिनदेखि नै ‘ग्राउन्डेड’ भएको छ।

‘जहाजको पार्टपुर्जा बिग्रिएर ‘ग्राउन्डेड’ भएको हो। चीनबाट पार्टपुर्जा ल्याएर विमानको मर्मत गर्नुपर्छ। समयमा सामग्री नआउँदा लामो समयदेखि विमान ग्राउन्डेड भयो’, उनले भने ।

यी ७ वटै जहाजले आन्तरिकतर्फ उडान गर्दै आएका थिए।

त्यस्तै निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान भर्नसकेको छैन। पाइलटहरुको सीप परीक्षण प्रमाणपत्र (पीपीसी) नवीकरण नहुँदा नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाजको उडान सुचारु हुन नसकेको हो।

मलेसियाबाट नेपालका लागि उडेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ। २६ दिनअघि स्क्रिनमा समस्या आएको जहाज पुनः मर्मतपछि उडानयोग्य भए पनि उडान भर्न सकेको छैन।

उनका अनुसार बोइङ जहाज उडानका विषयमा अध्ययन गर्न गठित कमिटीले प्रतिवेदन तयार पारिसकेको छ। बोइङ विमान बेच्ने कुरा छिटै थाहा हुन्छ। पीपीसी नवीकरण हुन बाँकी पाइलटको केही दिनभित्रै नवीकरण हुने र जहाज पनि उड्ने उनले बताए।

पीपीसी नवीकरण नभएका कारण उडान नगर्ने विमान चालकका लागि निगमले प्रतिपाइलट मासिक ४५ घण्टाको ग्यारेन्टी उडानबापत २ लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। निगमको २ वटा वाइटबडी र २ वटा न्यारोबडी गरी ४ विमानले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

प्रकाशित ७ फागुन २०७५, मंगलबार | 2019-02-19 14:11:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।