हल्दिया पोर्टमा आईसीटीएस प्रणाली लागू पछिको प्रभाव



बन्दरगाह
बन्दरगाह

नेपालले तेस्रो मुलुकसँग कारोबार गर्नेे कोलकातास्थित हल्दिया बन्दरगाहमा कागजी प्रणाली हटाएर विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली (इसीटीएस) प्रणाली शुक्रवारदेखि लागु गरेको छ। यो प्रणालीले तेस्रो मुलुकबाट नेपाल आउने सामान अब छिटो आउने भएको छ।

यो व्यवस्थाले नेपालमा आउने समान अब करिब ५ दिन छिटो आइपुग्ने कार्गो व्यवसायी नरेश अग्रवाल बताउँछन्। उनी भन्छन् ‘नेपालमा आउने सामान कोलकत्ताबाट छुटाउन नै झन्झटिलो थियो। अब भने सहज भएको छ।’

अहिलेसम्म एउटा कन्टेनर क्लियर गर्न दुई दर्जनभन्दा बढी टेबल चाहर्नु पर्ने झन्झट थियाे। त्यो हट्दा नेपाली व्यवसायीको धेरै कल्याण भएको उनी बताउँछन्। अब कोलकताबाट ५ दिनमा सामान आउँछ। यो भन्दा अघि १ महिना कममा कहिल्यै सामान नेपाल नभित्रिएको उनको अनुभव छ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य महाशाखा प्रमुख रविशंकर सैंजू भन्छन्, ‘बन्दरगाहमा रहेका समस्या समाधान, अनावश्यक खर्च कटौतीसहित पारवहन सुविधामा प्रदान गर्न मन्त्रालय पहिलेदेखि नै लागेको थियो यसमा भारतसँग समन्वय गरी सफल पनि भएको छ। यो भन्दा पहिले विशखापटनम बाट लागु पनि भैसकको छ।’

नेपाल सरकार वाणिज्य मन्त्रालय, भारत सरकारको विदेश मन्त्रालय, भारतीय कस्टम हाउससँगको निरन्तरको छलफलपछि इसीटीएस प्रणाली लागू गर्ने सफलता प्राप्त भएको हो। यो प्रणाली लागू भएसँगै कोलकाता पोर्ट तथा कार्गो क्लियरेन्समा ८–१० किसिमका कागजहरू पेश गर्नुपर्ने एवं करिब दुई दर्जन टेबलमा हस्ताक्षर गराउन चाहर्नुपर्ने झन्झट हटेको उनको दावी छ।

यसबाट समग्रमा मुलुकको आयात निर्यातमा ठूलो सुधार आउने विश्वास गरिएको छ। कतिपय तेस्रो मुलुकबाट आउने अत्यावस्यवक वस्तुहरु नेपालमा अभाव हुने समस्या हटेको छ। यो प्रणालीले सयमा नै सामान भित्रिन सहयोग गर्ने उनले बताए। समानको सुरक्षा पनि हुनेछ। शील गरिसकेपछि सिधै यहाँको सुख्खा बन्दरगाहमा सामान आइपुग्ने उनले जानकारी दिए।

प्रति कन्टेनर कति पैसा बच्छ?

ठूला कन्टेनरमा प्रतिकन्टेनर झण्डै २० देखि ३५ हजारसम्म तिर्दै आएको अतिरिक्त रकम अब बच्नेछ। व्यापारीहरुले इमान्दारिताका साथ व्यापार गर्ने हो भने यो प्रणालीले तेस्रो मुलकबाट आयत हुने वस्तुको मुल्यमा समेत गिरावट लयाउनेछ।

इसीटीएस प्रणाली लागू भएपछि क्लियरिङ, डिटेनशन र डेमरेजको नाममा हुने अर्बौं रुपैयाँ बचत हुने उनको भनाईछ। यो भन्दा अघि सो बापत २।३ अर्ब रुपैयााँ खर्च भैरहेको मन्त्रालयको अनुमान छ।

प्रकाशित ५ फागुन २०७५, आइतबार | 2019-02-17 22:05:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...