‘वाइडबडी’ प्रकरणः लेखा समितिले ताकेता पत्र पठाउनु अगावै अख्तियारको पत्र



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले ‘वाइडबडी’ विमानमा भएको संलग्नहरुलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने तयारी गर्दै गर्दा अख्तियारको पत्र लेखा समितिलाई प्राप्त भएको छ।

लेखा समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच दिने समयावधि सहितको ताकेता पत्र पठाउने तयारी गरेको समचार प्रकाशित भएसँगै अख्तियारको पत्र लेखा समितिलाई प्राप्त भएको हो।

लेखा समितिले दुबै निकायलाई जानकारी सहितको प्रतिवेदनका लागि बुधवार पाँच दिने समयावधिसहितको ताकेता पत्र पठाउने तयारी गर्दै गर्दा अख्त्यिारको पत्र प्राप्त भएको सार्वजनिक लेखा समितिका सचिव एवं संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेल नेपालखबरलाई बताए।

अख्तियारले लेखा समितिलाई पठाएको पत्रमा आयोगको निर्णयअनुसार सहसचिवको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरी अनुसन्धान कार्यलाई अगाडि बढाएको जनाएको छ।

अख्तियारको पत्रअनुसार अनुसन्धान अधिकृतहरुले वाइटबडी खरिद सम्बन्धमा भएका निर्णय र कागजात उपलव्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको र प्राप्त कागजातको थप अध्ययन अनुसन्धान र विश्लेषण गरेका छन्।

अख्तियारले प्राविधिक विषयको भएको भन्दै अन्य निकायबाट पनि जानकारी दिने कार्य भएको र संलग्न कर्मचारीसँग सोधपुछ गर्ने कार्य भएको भन्ने जानकारी उपलव्ध गराएको छ।

यसअघि लेखा समितिले गठन गरेको उपसमितिप्रति असन्तुष्टि जनाउँदै सरकारले ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। पूर्वन्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा पुस २० गते गठन गरिएको ४५ दिनको म्याद दिएर गठन गरिएको आयोगको समायावधि सकिन लाग्दा समेत प्रगति प्रतिवेदन सार्वजनिक भएको छैन।

लेखा समितिले थप ताकेताका लागि पुनः सरकार र अख्तियारलाई १८ बुँदे कार्ययोजना सहितको पत्र पठाउने तयारी गरेको छ। दुबै निकायलाई छुट्टा छुट्टै कार्ययोजना पत्र पठाउने तयारी गरेको संसद सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिए। उनका अनुसार कार्ययोजना पत्रको समयावधि पनि पाँच दिनकै रहने छ।

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 17:30:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।