पोखरा विमानस्थल निर्माण: १५ महिनामा २७ प्रतिशत काम



राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम २७ प्रतिशत सम्पन्न भएको आयोजनाले जानकारी दिएकाे छ।

आयोजना प्रमुख बिनेस मुनाकर्मीका अनुसार विमानस्थल निर्माण सुरु भएको १५ महिनामा तीन अर्ब ५० करोड रुपैयाँको काम भएको हाे।

‘केही दिनमा ८० करोडको बिल भुक्तानी दिने तयारीमा हामी छौँ’, आयोजना प्रमुख मुनाकर्मीले नेपालखबरसँग भने, ‘सामान्यतया अरु ठूला आयोजना निर्माणमा महिनामा १ प्रतिशत निर्माणकार्य हुन्छ तर हामीले महिनामा २/३ प्रतिशत कार्य गरेका छौँ।’ करिब १५ महिनाको अवधिमा चिनियाँ कम्पनीलाई सरकारले चार अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।

विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङले पाएको छ। ठेक्का सम्झौताअनुसार सीएमसीले आगामी चार वर्ष अर्थात् सन् २०२१ जुलाई १० सम्ममा काम सकिसक्नुपर्नेछ।

सन् २०१७ को नोभेम्बरदेखि विमानस्थल निर्माणकार्य सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा छ महिनाअगाडि नै काम सक्ने दाबी गरेको छ। कम्पनीका अनुसार विमानस्थल निर्माणको काम यो वर्षभित्र ६० प्रतिशत र बाँकी ४० प्रतिशत काम आगामी वर्ष अर्थात् सन् २०२० मा सक्ने योजना रहेको छ। आयोजनाले आगामी असार मसान्तसम्म ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

धावनमार्ग निर्माण तेस्रो चरणमा

पोखरा विमानस्थलमा सबैभन्दा धेरै समय लाग्ने धावनमार्ग (रनवे) निर्माणको कार्य तेस्रो चरणमा पुगेको छ। आयोजनाका अनुसार रनवे निर्माणकार्य २० प्रतिशत सम्पन्न भएको छ भने टर्मिनल भवन र एप्रोनको निर्माण धमाधम भइरहेको छ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लिने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङ्गर निर्माण, जमिन सम्याउने काम भइरहेको छ। जसमा ८० प्रतिशत जमिन सम्याउने काम सम्पन्न भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ एक सय र नेपाली तीन सय गरी चार सय जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ। विमानस्थलको टर्मिनल भवन वार्षिक ५ लाख यात्रु क्षमतायुक्त रहेको छ।

आईकाओको फोरडी मोडलमा निर्माण

यस्तै, विमानस्थलको निर्माणकार्य अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को फोरडी मोडलअनुसार भइरहेको आयोजनाको भनाइ छ। निर्माणकार्य पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज पनि सहजै अवतरण र उडान भर्न सक्नेछन्। निर्माणाधीन विमानस्थलको धावनमार्ग दुई हजार पाँच सय मिटर लामो र ४५ मिटर फराकिलो हुनेछ भने यहाँ अवतरण गर्ने र उडान भर्ने विमानको यात्रु क्षमता १ सय ९२ जनासम्मको हुनेछ।

चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा २१ अर्ब ६० करोड रुपैयाँ लागतमा विमानस्थलको निर्माणकार्य भइरहेको छ । यो आयोजनाका लागि आर्थिक वर्ष २०७५/०७६ मा सरकारले ६ अर्ब ८० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

आयोजनाका अनुसार १० हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, १२ सय मिटरको प्यारेलल ट्याक्सी वे निर्माण हुनेछ। त्यस्तै पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन्। विमानस्थल पूर्णरुपमा तयार हुँदा चारवटा बोर्डिङ कक्ष र आधा दर्जन बढी विमान राख्न सकिने गरी पार्किङ वे तयार हुनेछन्। सरकारले उक्त विमानस्थल निर्माणका लागि ३ हजार ६ सय २७ रोपनी जग्गा अधिग्रहण गरेर काम अगाडि बढाएको हो।

अझै थप ५९ रोपनी जग्गा अधिग्रहणको प्रक्रियामा रहेको छ।

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 16:01:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।