विकास निर्माणका आयोजनामा सरकारले खर्च गर्न सकेन

३ खर्ब बढी बजेट पाए पनि सात महिनामा ७१ अर्ब मात्रै पुँजीगत खर्च



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रविन कोइराइला

सरकारले चालू आर्थिक वर्षको सात महिना बितिसक्दा समेत विकास निर्माणमा खर्च बढाउन नसकेको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणका लागि पुँजीगत खर्चतर्फ तीन खर्ब १३ अर्ब रुपैयाँ बजेट छुट्याए पनि हालसम्म ७१ अर्ब रुपैयाँको मात्रै चेक काटेको हो ।

अझै विकास निर्माणको लागि छुट्याएको दुई खर्ब ४२ अर्ब रुपैयाँ बाँकी नै रहेको महालेखा नियन्त्रकको कार्यालले जनाएको छ। महालेखाको तथ्याङ्कअनुसार हालसम्म २३ प्रतिशत मात्रै िवकास खर्च भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँकाे कुल बजेट छुट्याएकोमा चार खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको हाे । जसअन्तर्गत चालू खर्च तीन खर्ब ५२ अर्ब भएको छ भने वित्तीय व्यवस्थापनमा सरकारले ३२ अर्ब रुपैयाँ मात्रै खर्च गरेको महालेखाको तथ्याङ्कले देखाएको हो ।

राजस्व संकलन लक्ष्यअनुसार नै

यसैबीच चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन भने लक्ष्यअनुसार नै अघि बढेको देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले आठ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

चालू आवको सात महिना अर्थात् माघ अन्त्यमा राजस्व संकलन तीन खर्ब ९४ अर्ब संकलन भएको छ । जुन लक्ष्यको ४८ प्रतिशत अर्थात् कर संकलनबापत तीन खर्ब ५५ अर्ब रुपैयाँ हो । यस्तै, गैरकरबापत ३७ अर्ब रुपैयाँ संकलन भएको छ । चालू आवमा बजार अनुगमनमा आएको तीव्रता र भन्सारमा कडाइ गरेसँगै राजस्व संकलन लक्ष्यअनुसार बढिरहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए ।

चालू आवमा बजार अनुगमन गत भदौ १० गतेदेखि नै सुरु भएको थियो । उक्त समयदेखि हप्ताको तीन दिन विभागले बजार अनुगमन गर्दै आएको छ । चालू आवको हालसम्म करिब छ हजार करदाता कारबाहीमा समेत परिसकेका छन् ।

उनीहरुले बिलबीजकको कारोबार नगरेको तथा समयमै कर नतिरेको कारण विभागले कारबाही गरेको हो ।

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 12:46:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...