पर्यटन मन्त्रालयमा एक अर्ब बेरुजु, फर्छ्याैट गर्न समिति गठन



संस्कृति पर्यटन तथा  नागरिक उड्यन मन्त्रालय
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय
प्रविन कोइराइला

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको गत वर्षकाे बेरुजु ९९ कराेड ७६ लाख रुपैयाँ रहेकाे महालेखा परीक्षककाे प्रतिवेदनले देखाएकाे छ।

प्रतिवेदनले मन्त्रालयकाे बेरुजु १ अर्ब १६ करोड रुपैयाँ देखाएकाेमा हालसम्म १४ प्रतिशत मात्रै फर्छ्याैट भएकाे छ।

बेरुजुको फर्छ्यौट हुन नसकेपछि मन्त्रालयले एक कार्यदल समेत गठन गरेको छ। कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय रहेका छन्। त्यस्तै सदस्यहरुमा गोपि चन्द्र भण्डारी, प्रकाश शर्मा ढकाल, सदस्य सचिव विष्णु ज्ञावाली रहेका छन्।

मन्त्रालयको बेरुजु रकम धेरै भएको भन्दै गत माघ २९ गते पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाको अध्यक्षतामा मन्त्रालय अन्तरगतका निकायहरु (आयोग, विभाग, बोर्ड, प्रतिष्ठान, परिषद, संस्थान र समिति) का कार्यकारी प्रमुख र लेखा प्रमुखको बैठकमा ७ बुँदे प्रस्ताव तयार पारी कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे।

बैठक पछि मन्त्रालयले आर्थिक बर्ष २०७५/०७६ मा फर्छ्यौट गर्नुपर्ने बाँकी बेरुजु (असार मसान्तसम्मको गरी) ७ दिनभित्र मन्त्रालयमा पेश गर्न मातहतका निकायहरुलाई निर्देशन दिएकाे छ।

त्यस्तै महालेखा परीक्षकको ४९ औँ देखी ५५ औँ वार्षिक प्रतिवेदनको भाग १ मा समाबेस भएको बेरुजुको जवाफ ७ दिनभित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरेको छ।

मन्त्रालयको चेकबाट निकासा पठाएको अनुदान रकम खर्च हुन नसकी बाँकी रहेमा आर्थिक वर्ष समाप्त हुनु अगावै चेक मार्फत मन्त्रालयलाई अनिर्वाय रुपमा फिर्ता गर्न, बेरुजुको फर्छ्याैट मासिक र वार्षिक प्रगति तोकिएको ढाँचामा पठाउन, सबै निकायहरुले नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्फको आफ्नाे भौतिक तथा वित्तिय प्रगति नेपाल सरकारबाट स्वीकृत ढाँचामा पठाउन, बेरुजु फछ्यौट गर्न बाँकी बेरुजुको तोकिएको अभिलेखमा उतार गराइ अध्यावधिक राख्ने व्यवस्था राख्न समेत भनेको छ।

प्रकाशित २ फागुन २०७५, बिहिबार | 2019-02-14 21:35:26
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।