चीनतर्फको व्यापार ओरालो लाग्यो, भारततर्फ १८ प्रतिशतको वृद्धि



नेपाल सामान आयात हुने मुख्य नाका वीरगन्जस्ति सुक्खा बन्दरगाह
नेपाल सामान आयात हुने मुख्य नाका वीरगन्जस्ति सुक्खा बन्दरगाह

आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो। चालू वर्षकै पुसमसान्त सम्ममा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ।

उत्तरी छिमेकी चीनतर्फ २९.५ प्रतिशतले व्यापारमा कमी आएको छ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिका सामान लगायतका वस्तुहरुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २८.७ प्रतिशत, चीनबाट भएको आयात ४२.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.४ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ। दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट हुने निर्यात वृद्धि भएको छ। त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ। अन्य सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ३२.१ प्रतिशतले विस्तार भई ६ खर्ब७८ अर्ब ५३ करोड रुपैंया पुगेको छ।

प्रकाशित १ फागुन २०७५, बुधबार | 2019-02-13 19:35:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...