बैंकको सबैभन्दा बढी ऋण प्रवाह घरजग्गामा



चालू आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.९ प्रतिशतले बढेको थियो। २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.३ प्रतिशत र ४७.९ प्रतिशत वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको थियो। २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१ प्रतिशत रहेको छ। २०७४ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कअनुसार चालू आवको ६ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.९ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ११.९ प्रतिशतले, विकास बैंकहरुको १९.८ प्रतिशतले र वित्त कम्पनीहरुको १०.२ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

२०७४ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो। यो ६ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १५.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३.१ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १८.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ६.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंक्को तथ्याङ्कले देखाएको हो।

प्रकाशित १ फागुन २०७५, बुधबार | 2019-02-13 19:21:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...