इन्भेष्टमेन्ट प्रोफेसनल एसोसिएसन गठन, सिएफएको सम्मेलन आगामी शुक्रबार


Kshamadevi Group


नेपालका समग्र वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ।

सो संस्थाको औपचारिक उद्घाटन तथा क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलन यही फागुन ३ गते (शुक्रबार) काठमाडौंमा हुने भएको छ। 

सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सकृय स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहनेछ। सम्मेलनमा १३० जना सहभागी रहनेछन्।

नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले खोलिएको एशोसियसनको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायतका साथै विदेशी विज्ञहरु समेत सहभागी हुनेछन्।

एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए। हाल यसमा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन्। अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तिय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए।

गत वर्षको अप्रिलमा दर्ता भएको एशोसियसन गैर नाफामुलक संस्था हो। संस्थामा चारवटा कमिटि रहेका छन्।

एशोसियसनका अनुसार, पहिलो एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ भने दोेस्रो युनिभर्सिटी आउटरिच हो, जसले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउँन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउने छ।

तेस्रो मेम्बर भ्यालु हो जसले सदस्यमा व्यावसायीक नैतिक आचरणको विकास गर्दै बजार विकासमा अग्रणी संस्थाको रुपमा सघाउनेछ। यसले करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि पनि गराउनेछ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 18:05:51
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।