एकीकृत यातायात पुर्वाधार विकास आवश्यक: अर्थमन्त्री खतिवडा


Kshamadevi Group


युवराज खतिवडा
युवराज खतिवडा
फाइल फोटो

अर्थमन्त्री युवराज खतिवडाले एकीकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन्।

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड-झुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताएक हुन्।

उनले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए।

उनले सडक, रेल, पानी जहाजदेखि सम्पुर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापनसँगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालिन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सँधै तयार रहेको बताए। उनले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरी काम गर्न सुझाव दिए।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 15:34:16
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...