Exclusive

साना उद्योगीका उत्पादनको मार्केटिङमा राजदुतहरुले पहल गर्ने



नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरुले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा विभिन्न मुलुकहरुका नवनियुक्त राजदूतरुको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र बस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन्।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, यु. एन. जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि लागि नेपाली राजदूत भृगु ढुंगाना उपस्थित थिए।

त्यस अवसरमा उनीहरुले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताए।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको ‘सुखी नेपाली– समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसाय गर्नुपर्नेमा जाेड दिए। त्यसका लागि लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेकाे उनकाे भनाइ थियाे।

यस्ता उत्पादनहरुको निर्यात प्रवर्द्धनका लागि राजदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने पनि उनले अपेक्षा गरे। कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिँदै कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए।

घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३/७४ को औद्योगिक तथ्याङ्क अनुसार मुलुकभर कुल तीन लाख ८६ हजार पाँच सय १२ घरेलु तथा साना उद्योग दर्ता भएर नविकरण भई हाल चालु रहेका उद्योग २ लाख ६४ हजार ८६ रहेको उनले जानकारी दिए। ती उद्योगहरुमा करिब ३५ खर्ब रुपैयाँ लगानी भएको र २५ लाख रोजगारी श्रृजना भएकाे सि‌ंहले बताए।

यसका अलावा विभिन्न समयमा भएका अनौपचारिक अध्ययन र प्रक्षेपणहरुले विना दर्ता ६ लाख भन्दा बढी लघु उद्यम व्यवसायहरु मुलुकका विभिन्न भागमा छरिएर सञ्चालनमा रहेको अनुमान गरिएकाे छ।

राजदुताबास र अन्तरगतका निकायहरुमा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको डिस्प्ले सेन्टरको आवश्यक व्यवस्था गराउनुका साथै नेपाली बस्तु तथा सेवाहरुको अधिकतम उपयोग एवं उपभोग गराउन पनि अध्यक्ष सिंहको आग्रह थियो।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 14:31:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।