जावलाखेल ग्रुपको ‘माउन्टेन आईस’ बियर बजारमा


Kshamadevi Group


जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले माउन्टेन आईस ‘प्रिमियम स्ट्रोङ्ग बियर’ बजारमा ल्याएको छ। ६ दशमलव ५ प्रतिशत अल्कोहल भोलुम र ६५० एमएलको बोतलमा रहेको माउन्टेन आईस बियरको मूल्य २३० रुपैयाँ तोकिएको छ।

‘ब्रिउड फर एड्भेन्चर– रियल टेस्ट रियल बियर’ को ट्यागलाईनमा ल्याइउको माउन्टेन आईस बियरले स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको यो नयाँ बियरले पारखीहरुको तिर्खा मेटाउने कम्पनीले जनाएको छ।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरुमा बढेकाले माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याइएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने।


जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीका अनुसार ‘स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो माग लामो समयसम्म नै रहने’ देखेर ‘बियर पारखीहरुको पहिलो रोजाईका निम्ति’ यो बियर ल्याइएको हो।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यही महिनादेखि यो बियर बिक्री बितरण सुरु हुने र केही समयपछि नेपालभर पुग्ने कम्पनीले जनाएको छ। 

जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा बिक्री वितरणको व्यवस्थापन गर्ने व्यापारिक समूह हो। जसले डिस्टिलरी, ब्रुअरी उत्पादन कक्ष, अनुसन्धान र बितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 12:46:50
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।