Exclusive

सौराहामा १३औँ फुड फेस्टिबल सुरु



हरेक वर्ष प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा आयोजना हुने फुड फेस्टिबल आजदेखि सुरु भएको छ।

प्रेम दिवसलाई बिशेष बनाउन चितवनको सौरामा फुड फेष्टिवल सुरु भएको हो। सौराहाका व्यवसायीले अधिराज्यभरबाट सौराहा आउने अतिथिकको लागि विभिन्न प्रकार र स्वादको खाना खुवाएर स्वागत गर्ने गरेका छन्।

फागुन ३ गतेसम्म सञ्चालन हुने १३औँ संस्करणको फुड फेस्टिबलको सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन्। सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिबलले आन्तरिक तथा वाह्य पर्यटकलाई सौराहामा केन्द्रित गर्न मद्दत पुग्ने पाण्डेले बताए। पर्यटकको आगमन कम हुने समयमा निजी क्षेत्रबाट पर्यटकीय गतिविधि बढाउनका लागि आयोजना गरिने क्रियाकलापलाई सरकारले सहयोग गर्नुपर्नेमा पाण्डेले जोड दिए।

यसपटकदेखि निशुल्क प्रवेशको व्यवस्था गरिएको फुड फेस्टिबलमा विभिन्न जातजातिसँग सम्बन्धित ४० वटा खानाका स्टलहरु रहेका रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए।

गत वर्षहरुमा फुड फेस्टिबल अवलोकनका लागि समेत शुल्क तिर्नुपर्ने भएपनि यस पटक भने फागुन २ गते मात्रै टिकट काट्नुपर्ने गरि फुड फेस्टिबल आयोजना गरिएको गिरीले बताए। महोत्सवबाट खर्च कटाएर बचत भएको पैसालाई उज्यालो सौराहा तथा घुम्ती शौचालय निर्माणका लागि प्रयोग गरिने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए।

फेष्टिवलले आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनमा ठुलो टेवा पुग्ने यहाँका व्यवसायीले विश्वास लिएका छन। नेपालका सबै जातजातीको खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार सहितको स्वाद लिदै फुड फेष्टिवलमा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने सौराहाका होछल व्यवसायीले विश्वास लिएका छन्।

यसपटकदेखि फेस्टिबललाई प्लाष्टिक मुक्त बनाउने अभियान सुरु गरिएको उल्लेख गर्दै संयोजक गिरीले आगामी पाँच वर्षभित्रमा फेस्टिबललाई पूर्ण प्लाष्टिकमुक्त महोत्सवको रुपमा विकास गरिने बताए।

साथै उनले यस पटकको आम्दानीबाट आर्थीक अभावमा परि विद्यालय जान नसकेका विद्यार्थीलाई सहयोगार्थ कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तर दिने, घुम्ती शौचालय राख्ने, सौराहाको सरसफाईको सवालमा ५ प्रतिशत रकम विनियोजन गरिने बताए।

सौराहाका होटल ब्यबसायीले यसरि बर्षेनै गरिने फेस्टिबलको आम्दानीको पाटो सामाजीका कार्यको हिस्सा बनेको छ।

फेष्टिवलमा ५० भन्दा बढी खानाका स्टल र विभिन्न प्रर्दशनी स्टल रहेका छन। नेपालमा आउने कुल पर्यटनको २२ प्रतिशत यहाँ आउने गरेका छन् । बार्षिक २ भन्दा बढी पर्यटनहरु चितवनमा आउने गरेकोमा त्यसको ८० प्रतिशत पर्यटन सौराहा आउने गरेका छन्।

१ सय १० होटल ८५ रेष्टुरेन्ट रहेको यस क्षेत्रमा पर्यटनहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, ढुङ्गा सयर गर्नको लागि सौराहा आउने गर्दछन्। सौराहामा पर्यटन आउदा कहिल्यै पनि नर्बिसने गरि थारु सांस्कृतीको प्रर्दशनले पनि महत्वपुर्ण टेवा पुग्ने गर्दछ। चितवन राष्ट्रिय निकुञ्जको मूख्य प्रबेशद्धार समेत सौरहामा पर्ने भएकोले पनि निकुञ्ज अबलोनलागी आउने पर्यटन समेत सौराहामा बस्ने गरेका छन।

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य कृष्ण खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलगायतले मन्तव्य राखेका थिए। कार्यक्रम रेन्टुरेण्ट एण्ड बार एशोसिएसन रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको थियो।

 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 19:44:49
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...