ओलीले उद्घाटन गर्दैछन् पानीजहाज कार्यालय, तर हाकिम अझै तय भएनन्


Kshamadevi Group


पानीजहाज
पानीजहाज

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता ‘नेपाल पानीजहाज कार्यालय’ उद्घाटन गर्ने भएका छन् ।

ललितपुरको एकान्तकुनामा स्थापना गर्न लागिएको पानी जहाज कार्यालयको प्रम ओलीले विहीबार (२ फागुन) मा उद्घाटन गर्न लागेका हुन्।

मन्त्रिपरिषदको ३० पुसको बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो।

मन्त्री परिषदले निर्णय गरेको एक महिनापछि कार्यालयको औपचारिक रुपमा सञ्चालन आउन लागेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले सह–सचिवको नेतृत्वमा रहने पानीजहाज कार्यालयमा १६ जना कर्मचारीका व्यवस्था रहेको बताए।

‘मेकानिकल इन्जिनियरको नेतृत्वमा कार्यालय रहने छ’ प्रवक्ता सापकोटाले भने, ‘तर कार्यालयमा रहने कर्मचारीको नाम तय भइसकेको छैन।’

सापकोटाका भनाईमा, कार्यालय स्थापना भएपछि त्यसले सरोकारवाला विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरेर काम गर्न सहज हुनेछ।

पानीजहाज सञ्चालनका लागि भौतिक योजना, ऊर्जा र उद्योग मन्त्रालयले छुट्टाछुट्टै रुपमा काम गर्दै आएको छ।

पहिलो पटक प्रधानमन्त्री हुँदा प्रम ओलीले ०७२ मा नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने बताएका थिए।

दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रम ओलीले गत १६ पुषभित्र पानी जहाज सञ्चालन भइसक्ने दावी गरेका थिए।

ओलीले केसी र नारायणी नदी हुँदै हिन्द महासगारबाट पानीजहाज चलाउने बताउँदै आएका छन्।

त्यसै अनुरुप सरकारले पनि भारतसँग भारतीय नदीका जलमार्ग प्रयोग गरेर महासागरसम्म पुग्ने समझदारी पत्रका हस्ताक्षर गरिसकेको छ।

यसबीचमा प्राविधिक विषयमा अध्ययन गर्न नेपाल र भारतका टोलीहरुले दुवै देशको भ्रमण पनि गरिसकेका छन्।

तर, नेपालमा पानीजहाज सञ्चालन गर्ने विषय सामाजिक सञ्जाल र अन्यले विभिन्न स्थानमा खिसिट्युरीको विषय बन्दै आएको छ।

त्यसै सिलसिलामा ओलीले एउटा सम्बोधनका क्रममा १६ पुषभित्र पानीजहाज सञ्चालन हुने बताउँदै टिकट काटेर आउन निमन्त्रणा दिएका थिए।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:23:48
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...