Exclusive

प्रणय दिवसको अवसरमा चन्द्रागिरिमा मनोरन्जनात्मक कार्यक्रम



चन्द्रागिरिको केबलकार
चन्द्रागिरिको केबलकार
रासस

एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते (फेब्रुअरी १४), मा मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गरेको हो। कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार @२५२०मा संचालन हुने छ।

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी तीन हजार नौ सय ९९ रुपैयाँ तथा प्रति व्यक्ति दुई हजार चार सय ९९ को प्याकेज पनि प्राप्त गर्न सक्नेछन्। उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न सक्नेछन्।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 17:37:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।