टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा विद्यालय भवन हस्तान्तरण


Kshamadevi Group


टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा हालै पुनर्निर्माण गरी हस्तान्तरण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत मञ्जीव सिंह पूरीद्वारा उद्घाटन भयो।

‘नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना’ को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको छ।

गत २०७२ सालमा गएकाे भूकम्पद्वारा सो विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो।

सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वी.एस. तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक तामलाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो।

साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरिवेक्षक, डिएलपीआईयु प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

उक्त समारोहमा भारतका पूर्वमन्त्री तथा टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वी.एस. तारापोरवालाले भने, ‘२०१५मा नेपालमा आएको भूकम्प ज्यादै दूर्भाग्यपूर्ण भएको र सो भूकम्पले धेरैको ज्यान गएको, घर तथा विद्यालयहरुको क्षति भएको, धेरै परिवारहरु निर्वासित हुनुका साथै उनीहरुको जीवनयापनमा समेत नराम्रो असर पर्न गयो।’ उक्त भुकम्पको असर कम गर्न टाटा ट्रस्टले पहलकदमी लिएको छ।

भारतीय राजदूत मञ्जीव सिंह पूरीले ‘नेपाल तथा भारतकोबीच प्राचीनकाल देखि मैत्री सम्बन्ध र दुवै मुलुकबीच आपसी सम्मान रहिआएको छ भन्दै नेपालको आर्थिक विकास अभियानमा सँधै भारतको सहयोग रहने बताए।

उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले भूकम्प पश्चात् विद्यालय भवनमा क्षति भएकोले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए। उनले कक्षाहरु भूकम्पले नष्ट भएकोले भवन बाहिर समेत अध्यापन गर्न परेको कुरा जानकारी गराए। उनले टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई विद्यालय पुनर्निमाणमा प्राप्त अतुलनीय सहायताको लागि कृतज्ञता व्यक्त गरे।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन्। सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा ‘नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना’ को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्यचौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ। श्री शारदा उच्च माध्यमिक बिद्यालय, श्री जल्पादेवी माध्यमिक बिद्यालय, श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभुत बिद्यालय, श्री तपिनारायण आधारभुत बिद्यालय, श्री जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ। जसले गर्दा बिद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ।

टाटा ट्रस्ट विगत १०० वर्षदेखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पूराना, गैर साम्प्रदायिक परोपकारी संस्थाहरु मध्येको एक संस्था हो। यसको स्थापनाकाल देखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवा सम्बन्धि धारणालाई रुपान्तरीत गरी प्रत्यक्ष रुपमा समुदायमा सेवा पु¥याउने खालको समाजसेवी कार्यको थालनी गर्न अग्रणी भूमिका खेलेको
छ। यस ट्रस्टद्वारा अनुदानद्वारा वा प्रत्यक्ष कार्यान्वयन एवं सहभागिताको दृष्टिकोणले स्वास्थ्य तथा सुपोषण, जल तथा सफाई, उर्जा, शिक्षा, ग्रामिक जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन, सहरी क्षेत्र गरीबी निवारण, नागरिक समाजको परिमार्जन तथा सुशासन, पत्रकारिता, कला, कौशल र संस्कृति तथा विविध रोजगारी आदि विभिन्न क्षेत्रमा अन्वेषण गर्ने कार्यमा सहयोग गर्दै आएको छ।

यस्तै, सिप्रदीयन सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो। यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ।

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।

 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 17:02:35
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।