खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आयो


Kshamadevi Group


पुनर्निमाणपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ।

दुई वर्षअघिदेखि उडान रोकिएको खोटाङ गाउँपालिका–४ दियालेको थामखर्क विमानस्थल सञ्चालनमा आएको हो।

धावनमार्ग कालोपत्रे गर्नुपर्ने भन्दै २०७३ चैत १३ गतेदेखि अवरुद्ध विमानस्थलको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले औपचारिक उद्घाटन गर्दै उडान सुचारु गरेका हुन्।

रौता कन्ट्रक्सनले २०७३ साल असोज २० गते १५ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने भन्दै १० करोड ६० लाख ७१ हजारमा निर्माण सम्झौता गरेको थियो। सम्झौता अनुसार १५ महिनामा सम्पन्न गर्नुपर्ने कालोपत्रेको काम २८ महिनामा सम्पन्न गरेको हो।

विमानस्थलको रन–वे, जहाज पार्किङ स्थल लगायतका पक्की संरचना निर्माण, पुराना संरचनामा रङरोगन लगायत काम सम्पन्न भएको छ।

दुर्गम खोटाङको थामखर्क विमानस्थलले २०५६ सालबाट उडान सुरु गरेको थियो। वर्षायाम लागेसँगै अवरुद्ध हुने विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 16:52:56
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।