खानेपानी वितरणमा हेलचक्रयाईंः अनुगमन टोली जाँदा धारामा पानी नै आएन


Kshamadevi Group


काठमाडौंका विभिन्न स्थानमा वितरण गरिएको खानेपानीको अनुगमन गर्न गएका स्वास्थ्य सेवा विभागको टोलीले धारामा पानी नै भेटेनन्।

खानेपानीको नमूना संकलनका लागि उपकरण सहित गएका विभागको टोलीले धारामा पानी नभेटेपछि अचम्मित भएका छन्। काठमाडौंमा वितरण गरिएका विभिन्न ४ स्थानमा खानेपानीका पाइपमा ढल मिसिएको आशंकामा गत बुधबारबाट विभागले अनुगमन गरेको थियो।

घरका निजी तथा सार्वजनिक धाराका पानीको नमूना संकलन गरिने योजनाका साथ अनुगमनमा गएको विभागका टोलीले धारामा पानी नै नआएको बताएका छन्। काठमाडौंमा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणमा हेलचक्रयाईं गरेको उनीहरुको आरोप छ।

स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले केयुकेएलको पानी वितरणको तालिका र सम्पर्क गरेर खानेपानीको नमुना संकलनमा गएको बताए। ‘हामी खानेपानीले दिएको वितरण तालिका अनुसार अनुगमनका लागि ४ टोलि बनाएर ४ स्थानमा पुग्यौँ’ उनले भने, ‘हामी पुगेका केही स्थानका धारामा पानीनै आएन।’

स्थानीयसँग सम्पर्क गर्दा केही घरका घरधनीले मोटर चलाउँदा धारामा पानी नआउने समस्या भएको बताएका थिए।

ज्ञवालीका अनुसार ट्रयाक्टरमा पानी राखेर वितरण गर्न जान लागेको ट्रक्याटरमा अनुगमन गर्दा क्रोरिन राखेको पाइयो। ‘क्रोरिन राखेको पानीको नमुना संकलन गर्दा केही तथ्य थाहा हुँदैन’ उनले भने, ‘सामाखुशीमा वितरण गरेको पानीमा एमोनिया र आइरनको मात्रा बढी रहेको भेटियो। अरु स्थानका पानीमा खासै समस्या देखिएन।’

गत बुधबार खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा बानेश्वर, महाराजगन्ज, समाखुसी र मैतीदेवीका विभिन्न स्थानमा रहेका धाराको पानीको नमुना संकलन गरिएको थियो।

यसअघि पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानीमा दिसामा पाइने किटाणु ‘कोलिफर्म’ भेटिएको थियो। जसले झाडा, पखाला, जन्डिसलगायतका प्रकोप फैलिने गरेको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 16:00:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।