Exclusive

चिनी उत्पादन सुरु, उद्योगीका गोदाम चिनीले पहिल्यै भरिभराउ



नेपाली चिनी उद्योगहरुले गत वर्ष १ लाख ७७ हजार मेट्रिक टन चिनी उत्पादन गरेकोमा चालू वर्षमा ४३ मेट्रिकटन बढ्ने देखिएको छ।

उद्योगीहरुले उखु क्रसिङ सुरु गरिरहँदा किसानहरुले दिएको उखुको तथ्याङ्कको आधारमा चालू आर्थिक वर्षको चिनीको उत्पादन करिब २ लाख १० हजार मेट्रिक टन हुने भएको हो।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार चालू वर्षमा उखुको उत्पादन अत्यधिक बढेको पाइएको छ। विगत केही वर्षदेखि किसानहरु उखु खेतीमा अकर्षित हुँदा उखु उत्पादन वृद्धिसँगै चिनी उत्पादन पनि बढ्न थालेको हो।

गत वर्ष विदेशबाट चिनी अायात बढी हुँदा चालू आर्थिक वर्षमा नेपाली चिनी अहिलेसम्म बिक्री हुन सकको छैन। गत वर्ष विदेशबाट नै २ लाख ४० हजार मेट्रिक टन चिनी आयात भएको थियो। भारत र पाकिस्तानबाट आयात भएको उक्त चिनी नेपालको एक वर्षको कुल माग बराबर हो।

हाल उद्योगीको गोदाममा नै करिव ४० हजार मेट्रिकटन चिनी रहेको छ। उक्त उद्योगको सहउत्पादन अन्तशुल्क लाग्ने मोलासिस पनि बिक्री हुन सकेको छैन। अग्रवाललले भने ‘केही वर्षदेखि मदिरा उद्योगहरु खाद्यान्नको प्रयोग गर्न थालेपछि मोलासिस बिक्री हुन सकेको छैन, गत वर्षको मोलासिस त्यतिकै बसिरहेको छ।

यो वर्ष पनि संकलन हुन थालेको छ। अब कहाँ राख्ने यो हाम्रो ठूलो समस्या हो। त्यस्तै चिनीको पनि समस्या त्यस्तै छ गत वर्षको चिनी गोदामा नै छ। यो वर्ष सबै उत्पादन गरिरहँदासम्म पहिलाको खाली नहुँदा राख्ने स्थानको अभाव हुन्छ।’

सरकारले नेपाली चिनी उद्योगीको समस्याप्रति आफ्नो कुनै दायित्व नै नभएको जस्तो गरिरहेको र त्यसले उद्योगीलाई उत्पादनमा निरुत्साह गर्न खोजेको उनले बताए।

गत वर्षको चिनी बजारमा अत्याधिक मौज्दात देखिएकोले यो वर्षको उत्पादन बिक्री हुनेमा नै शंका रहेको उद्योगीहरुको भनाई छ। सरकारले हाल चिनी आयातमा सिमित समयको लागि भन्दै प्रतिवन्ध लगाएको छ। त्यस्तै भन्सार दरमा पनि परिर्वतन गरेको छ। १५ प्रतिशतबाट ३० प्रतिशत भन्सार शुल्क निर्धाण गरेको छ।

६० प्रतिशतसम्म चिनीको भन्सार शुल्क निर्धारण गर्न सकिने अन्तर्राष्ट्रिय प्रावधान भएकोले ६० प्रतिशत नै भन्सार शुल्क सरकारले निधारण गर्नु पर्ने उद्योगीको माग छ।

अग्रवालका अनुसार सरकारले हाल आयतमा प्रतिबन्ध लगाएको छ तर सँधैको लागि यो सम्भव छैन। त्यस्तै विदेशी चिनीसँग नेपाली चिनीले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसक्ने उनको तर्क छ।

नेपाली उद्योगहरुलाई सरकारले सहुलियत दिन सकेको छैन, त्यसकारण भन्सार दरबाट कन्ट्रोल गर्नु पर्ने अग्रवालको भनाई छ।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 21:20:48
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।