मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची आयोजना छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्ब भुक्तानी हुन बाँकी रहेको भन्दै कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ।
संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले बाँकी भुक्तानी नभएसम्म काम अगाडी बढ्न नदिने पनि बताए। भुक्तानी प्रक्रिया अगाडी न बढ्दा उप आयोजना अन्तरगत काम गरिरहेका निर्माण कम्पनीहरुले पनि काम नगर्ने भएको संयोजक न्यौपानेले बताए।
समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने संघर्ष समितिले माग गर्दै आएको छ।