Exclusive

उद्यमशीलता सम्मेलन फागुन २ देखि, तयारी पुरा



नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको जनाएको छ।

सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसंघले जनाएको हो।

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसंघको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको हो।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानामा पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए।

उद्यमशिलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमी बीच अन्तरसंवाद गराउँदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम व्याबसाय गर्न सम्मेलनले सहयोग पुग्ने परिसंघका अध्यक्ष शर्माले जानकारी दिए।

सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसघंकले जनाएको छ।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 17:12:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।