Exclusive

नेपाल आउन लागेका कार्गो कोलकतामा ठप्प



कन्टेनर/फाइल फाेटाे
कन्टेनर/फाइल फाेटाे

नेपाली कार्गो ढुवानी गर्ने कोलकाताका व्यवसायीले हडताल सुरु गरेका छन्।

इन्डो नेपाल ट्रक एन्ड ट्रेलर ओनर्स वेलफेयर एसोसिएसनले घोषणा गरेको हड्तालका कारण शनिबार दिउँसोदेखि कोलकाताबाट सडकमार्ग हुँदै नेपाल आउन लागेका सबै कार्गो ठप्प भएको छ।

एसोसिएसनका अध्यक्ष मनोजकुमार तिवारीद्वारा जारी सूचनामा एसोसिएसनका सदस्यहरुलाई भनिएको छ, ‘यहाँहरु सबैलाई सूचित गरिन्छ कि शनिबार दिउँसो १ बजे जैनकुन्ज मैदान (कोलकाता) मा बैठक राखिएको छ,’उक्त बैठकमा ‘रेल रोको अभियान’ र भागलपुर ब्रिज बन्द हुँदा बाटो परिवर्तन भएको सम्बन्धमा छलफल हुनेछ। जुन गाडी जहाँ छ त्यहीँनिर खडा राखौं, जबसम्म कुनै निर्णय हुँदैन।’

वीरगन्जतिर आउने मार्गमा पर्ने भागलपुर ब्रिजमा लाग्ने जामको कारण नेपाली कार्गोलाई ‘डाइभर्सन’ गरिँदा तीन सय किलोमिटर लामो बाटो अहिले हिँड्नु परिरहेको छ कोलकताका एक क्लियरिङ एजेन्टले जानकारी दिए। यस्तै यता विराटनगर जाने बाटोमा पर्ने फरक्का ब्रिज मर्मत गर्न लाग्दा समस्या भएको उनले बताए।

यसरी वीरगन्ज र विराटनगर दुवै नाकाको लागि कन्टेनर ढुवानीमा यो हडतालले समस्या ल्याएको छ। यी दुई नाकाबाट नेपालका सबैजसो ‘रोड बैंड कार्गो’ आउने गरेका छन्।

एसोसिएसनमार्फत सिएचएले नेपाली कार्गोलाई नियन्त्रण गर्दै आएको र ‘सिएचए’कै मिलोमतोमा यो हडताल गरिएको वीरगन्जका आयातकर्ताले आरोप लगाए।

नेपाली आयातकर्ताको प्रतिनिधि भएर कोलकातामा काम गर्दै आएका ‘कार्गो ह्यान्डलिङ एजेन्ट’ सिएचएले पनि यसअघि हडताल गरेका थिए।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 15:31:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।