‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४५ देशको प्रस्ताव’


Kshamadevi Group


विमानस्थल सांकेतिक इमेज
विमानस्थल सांकेतिक इमेज

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४५ देशबाट प्रस्ताव आएको पर्यटनमन्त्री रबिन्द्र अधिकारीले बताएका छन्।

 शुक्रबार नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनले आयोजना गरेको ‘निजगढ अन्तराष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्यमाथि पूर्वाधार विकास बहस’ अन्तरक्रियामा सहभागी हुँदै उनले मुख्य पूर्वाधार रोकेर देश अघि बढ्न नसक्ने उल्लेख गरे।

‘निजगढ विमानस्थल निर्माणका लागि ४५ देशवाट प्रस्ताव आएका छन्। नेपालको विकासका लागि अरु देशले चासो देखाउँदा हामी भने निर्माणमा आनाकानी गरिरहेका छौँ’, मन्त्री अधिकारीले भने। ती ४५ देश कुन–कुन हुन् उनले खुलाएनन्।

यसअघि ४ वटा कम्पनीले निजगढ अन्तरार्ष्ट्रिय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न आवेदन दिएका थिए। फ्रान्सको एडिपी इन्जिनेर–मेनहाड (प्रतिनिधि जिइओसीइ कन्ल्टेन्ट प्रालि), दक्षिण कोरियाको यूसिन इन्जिनियरिङ कर्पोरेसन (प्रतिनिधि सिपिजी कन्ल्टेन्ट र बीडीए नेपाल प्रालि) डिपिआर तयार पार्न इच्छुक देखिएका थिए। 

निजगढ विमानस्थल निर्माणको काम अघि बढाउन खोज्दा व्यक्तिगत रुपमा समेत आक्रमण गर्न खोजिएको मन्त्री अधिकारीले जनाए। सो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीन महिनाभित्र सुरु गरिने उनले जानकारी दिए।

‘पोखरा, भौरहवामा निर्माण चरणमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुले निजगढ विमानस्थलको आवश्यकता पूरा गर्न सक्दैन। त्यसैले जसरी पनि निजगढ विमानस्थल निर्माण पूरा गर्न सरकार प्रतिवद्ध छ’, उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकार आफैँ पनि तयार छ। निर्माण कार्य कार्य अवश्य ढिला भएको छ, तर हामी रोकिदैनौं।’

पूर्वाधार विज्ञ एवं विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आर्चायले पूर्वाधार विकास पद्धतिअनुसार आयोजनाले काम नगरेको उल्लेख गरे। व्यक्तिगत स्र्वाथका लागि राष्ट्रिय गौरवका आयोजनाको काम ढिला भएको भन्दैँ आयोजना हचुवा भरमा निजी क्षेत्रलाई दिन नहुने तर्क राखे।

२०३० सालसम्म निर्माण सम्पन्न हुने प्रस्ताव गरिएको पहिलो चरणको विमानस्थलले ९२ लाख हवाई यात्रुलाई सुविधा प्रदान गर्नेछ। दोस्रो चरण समेत निर्माण भएपछि विमानस्थलको क्षमता ६ करोड यात्रु धान्ने हुनेछ। पर्यटन मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाएको छ।

सन् १९९५ मा दोस्रो विमानस्थलका लागि गरिएको सम्भाव्यता अध्ययनले निजगढसहित ८ वटा वैकल्पिक स्थानमध्ये निजगढलाई उपयुक्त ठहर गरेको थियो।

२०६६ सालमा पर्यटन मन्त्रालयले कोरियाली कम्पनी ल्यान्डमार्क वर्ल्डवाइडसँग विमानस्थल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्झौता गर्ने निर्णय गरेको थियो। ल्यान्डमार्कले २०६८ सालमा सम्झौता अवधिभित्रै सम्भाव्यता अध्ययन मन्त्रालयलाई बुझाएको थियो।

प्रकाशित २५ माघ २०७५, शुक्रबार | 2019-02-08 19:08:33
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्

समुन्द्रा घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...