एनसेल प्रकरण: जरिवानासहितको हिसाब गर्दै ठूला करदाता कार्यालय



एनसेल बिक्रीमा लागेको पुँजीगत लाभ कर सर्वोच्च अदालतलले एनसेल एक्जिएटा र एनसेल कम्पनीबाटै असुलउपर गर्नु भन्ने आदेश जारी गरे पछि ठूला करदाता कार्यालयले अहिले जरिवाना सहित कति रकम तिर्नु पर्ने हो त्यसको हिसाब गरिरहेको छ।

२०७२ पुसमा भएको एनसेल बिक्रीमा ६१ अर्ब लाभकर ठूला करदाता कार्यलयले निर्धारण गरेको र त्यसमा २३ अर्ब रुपैयाँ एनसेलले दाखिला गरिसकेको छ। बाँकी रकम के कति हो र त्यसमा जरिवाना कति लाग्ने हाे त्यसको हिसाब किताब गरिरहेको ठूला करदाता कार्यालयले जनाएकाे छ।

ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्माले नेपालखबरसँग कुरा गर्दै अदातलको पूर्णपाठ हेरेर कारबाही अगाडि बढाउने बताए। अदालतले जरिवाना रकम पनि नछोड्नु भनेको पाइएमा सो रकमसमेत असुल गराउने उनको भनाई छ।

आयकर ऐन, २०५८ को दफा ५८ मा स्वामित्व परिवर्तन हुँदा कर तिर्नुपर्ने प्रावधान छ। एनसेलको पुँजीगत लाभकर करिब २५ प्रतिशत देखिन्छ।

एनसेलको १ खर्ब ३६ अर्बको कारोबारमा करिब ३३ अर्ब रुपैयाँ कर हुन्छ। अहिले एनसेलको कर निर्धारण र जरिवानासमेत गरेर ७२ अर्ब रुपैयाँ हुन्छ। तर जरिवाना समेत तिर्नुपर्ने हाे वा मिनाहा हुन्छ, त्याे भने पूर्ण पाठ हेरेर नै तोक्न सकिने शर्माले जानकारी दिए।

गोपाल प्रसाद पराजुली प्रधानन्यायाधीश रहेका बेला रेनोल्ड होल्डिङ्स र एनसेलले दायर गरेको मुद्दामा २०७४ पुस ३ गते न्यायाधीश डम्बरबहादुर शाहीको इजलासबाट अन्तरिम आदेश र ९ गते न्यायाधीश ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको इजलासबाट अन्तरिम आदेशलाई निरन्तरता दिएर २३ अर्ब विदेश लैजान दिएकाे थियो।

तर बुधबार सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुबैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको हो। अदालतको आदेश अनुसार करिब सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले बुधबार एनसेल बिक्रीबापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको हो।

एनसेल बिक्रीबापतको लाभकर सोही कम्पनीबाट असुलउपर गर्न अदालतले परमादेश जारी गर्दै सो कम्पनीले दायर गरेको रिट निवेदनसमेत खारेज गरेको छ। उक्त आदेश अनुसार टेलियासोनेरा र रेनहोल्डको उत्तराधिकारी एनसेलको मालिक एक्जिएटाले पुँजीगत लाभकर तिर्नु पर्नेछ।

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 21:40:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...