कालिमाटी बजारमा अनियमिता गर्ने स्टलहरु सरकारले हटाउन सकेन



कालिमाटी फलफुल तथा तरकारी बजार
कालिमाटी फलफुल तथा तरकारी बजार

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा ७१ वटा स्टलले ५ महिना देखि भाडा नतिरी व्यवसाय सञ्चालन गरेको पाइएको छ।

त्यहाँस्थित स्टलहरुको अनुगमनको क्रममा ९८ वटा स्टल हटाउनु पर्ने अवस्था देखिएकोमा २७ वटाले अदालतको स्टेअर्डर ल्याएर व्यवसाय संचालन गरेपनि ७१ वटाले भने ५ महिनादेखि भाडा नतिरी व्यवसाय सञ्चालन गरिरहेको भेटिएको हो।

कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डका निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार, ३ असोजमा ती स्टलहरुलाई पत्र काटेर हट्न निर्देशन दिइएपनि अहिलेसम्म हटेका छैनन्। साथै, असोज यताको भाडापनि तिरेका छैनन्।

बोर्डद्वारा सञ्चालित स्टलहरुको गत जेठमा बोर्डले अध्धयन गर्दा ९८ स्टलको सम्झौता खारेज गर्नु पर्ने अवस्था देखिएको थियो।

उक्त अध्यनमा २० हजारमा भाडामा लिने र त्यही स्टल अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा बिक्री गरेको भेटिएपछि सम्झौता खारेज गर्ने निर्णय बोर्डले गरेको थियो।

अध्ययनले एक जनाले सटर भाडामा लिएर ५ जनालाई बिक्री गरी आम्दानी गरिरहेको तथ्य पनि फेला पारेको थियो। त्यस्ता व्यापारी बजार क्षेत्रमा उपस्थित र कारोबारमा संलग्न नभएको समेत पत्ता लागेको थियो।

बोर्डले उनीहरुलाई हट्न निर्देशन जारी गरेपछि २७ वटा स्टलवाला व्यापारीहरु सर्वोच्च अदालत गएका थिए।

अदालतले ‘अहिलेलाई व्यवसाय संचालन गर्न दिनू’ भन्ने आदेश दिएपछि २७ वटाले भाडा तिरेर वयवसाय गरिरहेका छन्। अदालत नगएकाहरुले न भाडा तिरेका छन्, न त हट्न नै मानेका छन्।

सबै गरी कालिमाटी बजारमा ६ सय ७ वटा पसल रहेकोमा अध्ययनले १ सय ३१ जनाले कहिलेकाहीँ आफू बसेर अरूलाई सञ्चालन गर्न दिने गरेको, २ सय ७ जना व्यवसायी कहिलेकाहीँ मात्रै पसल आउने र बाँकीले सम्झौता अनुसार नै गरेको देखिएको थियो।

प्रकाशित २१ माघ २०७५, सोमबार | 2019-02-04 18:49:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...