कोलकता बन्दरगाहमा ईसीटीएस प्रणाली ट्रकमा पनि लगाउने तयारी



बन्दरगाह
बन्दरगाह

सरकारले रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्र्याकिङ प्रणाली इलेक्ट्रोनिक्स कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लगाए पछि विरोध आए पनि त्यसको वेवास्ता गर्दै साे प्रणाली ट्रकहरुमा पनि लागाउने तयारी गरेको छ।

फागुन ३ गतेदेखि रेलमा उक्त प्रणाली लागु गर्ने निर्णय गरेपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसिएसन र भारत–नेपाल ट्रक एन्ड टेलर अनर्स एसोसिएसनले संयुक्त रूपमा नेपालतर्फको ढुवानी ठप्प पारेका थिए।

तर त्यो आन्दोलनको कुनै तुक नभएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ट्रकमा पनि नयाँ वर्षदेखि यो प्रणाली लागु गर्ने तयारी गरेकाे हो।

मन्त्रालयका वाणिज्य महाशाखा प्रमुख रविशंकर सैंजूका अनुसार यो प्रणाली लागू भएपछि कोलकाताबाट वीरगन्जसम्मको रेलवे ढुवानीमा चारदेखि पाँच दिन मात्र लाग्नेछ। हाल कोलकाताबाट वीरगन्जसम्म सामान आइपुग्न एक महिनाभन्दा बढी समय लाग्दैआएको थियो।

‘यसमा विरोध आउनु भनेको एजेण्टहरुले ठग्न पाउनु पर्छ भन्नु हो, त्यसकारणले मन्त्रालयले यो विरोधको कुनै सुनवाई गर्दैन।’ सैंजुले भने ‘यो विरोध आफै साम्य हुन्छ। त्यसमा भएको विरोधमा मन्त्रालयले कुनै सुनवाई गर्दैन बरु अन्य बाटो खोजिन्छ।’

मन्त्रालयले विशाखापटनम बन्दरगाहमा यो प्रणालीको परीक्षण गरेको थियो। राम्रो भएपछि कोलकातामा पनि सुरु गर्न लागेको हो।

हल्दिया बन्दरगाहमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली, ५ दिनमै सामान नेपाल आइपुग्ने

मन्त्रालयका अनुसार कन्टेनरबाट आयात गर्दा भन्सारमा ८ वटा डकुमेन्ट पेस गर्नुपर्छ। नाकामा करिब २० अफिसरको हस्ताक्षर चाहिने व्यवस्था थियो। यो प्रणालीमा यी सबै प्रक्रियाबाट मुक्त हुनेछ। व्यवसायीको लागत पनि कम लाग्छ।

‘नेपालले नाकाबन्दीको त सामाना गरिसकको छ अर्को बन्दरगाहा खोज्नु कुनै नौलो हाेइन।’ सैंजुले थपे ‘विशाखापटनमलाई पनि मुख्य बन्दरगाहा ल्याउन सकिन्छ र हल्दिया बन्दरगाहाबाट पनि सामान ल्याउन सकिन्छ।’

ईसीटीएस प्रणालीमा रेडियो फ्रिक्वेन्सी, आइडेन्टिटिफेकेसन, स्याट्लाइट पोजिसनिङ सिस्टम, सञ्चारसम्बन्धी उपकरण, वेब सफ्टवेयरमा आधारित विशेष प्रकारको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस जोडिएको हुन्छ। यो यन्त्र मालबाहक कन्टेनर र कार्गोको सिलमा जडान हुन्छ। र त्यसले सामान कहाँ छ, के भैरहेको छ भन्ने कुरा दुई देशको भन्सार कार्यालयमा जानाकारी दिन सक्छ।

प्रकाशित २० माघ २०७५, आइतबार | 2019-02-03 21:16:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...