सामाजिक सुरक्षा कोषमा ७३५ कम्पनीको आवेदन



सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोष

सरकारले मंसिर १० गते घोषणा गरेको सामाजिक सुरक्षा कोषमा ७३५ कम्पनीले आवेदन दिएका छन्।

कोषमा दर्ता हुने कम्पनीहरुमा कर्पोरेट हाउस तथा ठूला उद्योगदेखि सेक्युरेटी गार्ड कम्पनीसम्म छन्।

सरकारले सुरु गरेको कोषमा सूचीकरण हुनेहरुमा बैंक, उद्योग, बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अस्पतालसहित छन्। कोषमा देशका ठूला उद्यमी बिनोद चौधरी, चन्द्रप्रसाद ढकाल, हरिभक्त शर्मासहितका कम्पनी दर्ता भइसकेका छन्। चौधरी ग्रुप अन्तर्गतका सिजी इलेक्ट्रोनिक्स, सिजी फिन्को, सीजी शाश्वत धाम, नर्भिक हस्पिटल, नबिल बैंक लगायत सूचिकरण भएका छन्।

आइएमई ग्रुप, देउराली जनता फर्मास्युटिकल्स, जगदम्बा स्टिल्स, आइएमई अटोमोटिभ्स् प्रालि लगायत कम्पनीहरु कोषमा सूचीकरण भएका छन्। कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीकाअनुसार साना कम्पनीहरुको आवद्धता पनि बढ्दो छ। 'संगठित रुपमा सञ्चालन भइरहेका साना कम्पनीहरुको आवदेन पनि बढ्दो छ। अहिलेसम्म आवेदन दिनेमध्ये काठमाडौं उपत्यकाभित्रका कम्पनीहरु बढी छन्’, उनी भन्छन्। मंसिर १० गते घोषणा गरिएको कोषमा त्यही बेलादेखि आवेदन लिन थालिएको हो।

सुरुको तीन महिना अर्थात् फागुन ५ गतेभित्र कोषले रोजगारदाताहरुको नामावली संकलन गरिसक्नेछ। यसको म्याद थप नहुने कार्यकारी निर्देशक अधिकारी बताउँछन्।

के छ व्यवस्था?
सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। यसमा सरकारले १० प्रतिशत थप गरी कूल ४१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ।

यही कोषबाट श्रमिकले पेन्सन र अवकाश सुविधा तथा आश्रित परिवारका लागि सुविधाको व्यवस्था कार्यविधिमा छ। रोजगारदाता दर्ता भएको तीन महिनाभित्र श्रमसम्बन्ध कायम भएका श्रमिकहरू कोषमा दर्ता हुन्छन्। रोजगारदाताले सूचीकरण भएको प्रमाणपत्र पाउँछन्। त्यसैगरी श्रमिकहरूले पनि छुट्टाछुट्टै परिचयपत्र पाउँछन्। उनीहरूको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ, त्यसपछि तोकिएको विभिन्न मितिमा ती योजनाहरूको सुविधाहरू प्राप्त हुनेछ।

योगदानमा आधारित सामाजिक सुरक्षा आवद्ध हुँदा यो सुविधा जागिर छाड्दा उपदान वा पेन्सनको स्किम रोजेमा मात्र पाउने भन्ने हुँदैन। कोषमा योगदान गर्न थालेपछि विभिन्न सेवा पाउने व्यवस्था छ। कोषको स्किमहरु स्वास्थ्य सुविधा योगदानमा आधारित समाजिक सुरक्षा कोषबाट योगदान गर्नेले स्वस्थ्य सुविधा पाउने व्यवस्था छ। औषधी खर्च, अपरेशन खर्च, डाक्टरको परामर्श सेवा बापतको खर्च, अस्पताल भर्ना भएको खर्च र ल्याब परीक्षण बापतको खर्चका लागि पनि कोषबाट रकम पाइने व्यवस्था छ। अस्पतालमा गएर उपचार गराउँदा १ लाख रुपैयाँको बराबरको उपचार खर्च पाइन्छ। त्यसमा ८० हजार कोषले र २० हजार आफैंले योगदान गर्नु पर्ने व्यवस्था छ। यसैगरी अस्पताल नगई घरमै उपचार गराउँदा पनि उपचार खर्च पाउँने व्यवस्था पनि छ। त्यस्तो अवस्थामा डाक्टरको परामर्श खर्च, औषधी, ल्याब परीक्षण खर्च पाइने व्यवस्था हुनेछ। यसका लागि वर्षमा २५ हजार रुपैयाँ पाइनेछ। २५ हजारमा २० हजार कोषले दिने र ५ हजार आफैंले योगदान गर्नुपर्ने व्यवस्था हुन्छ।

योगदान गर्ने व्यक्तिले योगदान गर्न थालेको ६ महिनादेखि स्वास्थ्य सुविधा पाउँछन। मातृत्व सुरक्षा श्रमिक वा उसको परिवार यदि पुरूष छ भने पत्नीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, सुत्केरी खर्च, अपरेशन तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च पनि कोषबाट पाउनेछन्। सुत्केरी हुँदा ६० दिन तलबी बिदा पाइने र ६१ दिनदेखि ९८ दिनसम्म बेतलबी बिदा पाइने व्यवस्था भए पनि योगदान गर्ने श्रमिकले ६१ दिनदेखि ९८ दिनसम्मको अवधिमा योगदानकर्ताको न्युनतम तलबको आधारमा ६० प्रतिशत तलब दिने व्यवस्था छ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना दुर्घटनामा परेका श्रमिकले अधिकतम ७ लाख रुपैयाँ पाउने व्यवस्था छ। यो योजना अन्तर्गत दुर्घटना र अशक्तताबापतको सुविधा समावेश छ। योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च योगदान गरेको मितिदेखि लागू हुनेछ। रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले अधिकतम ७ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ।

कामदारको बीमा बापतको रमक दिनुपर्ने रोजगारदाताको बाध्यकारी अवस्था यो व्यवस्थाले हटाएको छ। रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएकोमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा श्रमिक काममा नफर्कंदासम्म पाउनेछन्।

पहिलोपटक सूचीकरण भएको योगदानकर्ताको हकमा सूचीकरण भएको तर पहिलो योगदान गर्ने मिति अगावै कुनै दुर्घटनामा परेमा त्यस्तो व्यक्तिले समेत यो सुविधा प्राप्त गर्न सक्नेछ। व्यवसायजन्य रोगको उपचार तथा यससँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउने नियमावलीमा उल्लेखछ। आश्रित परिवार सुरक्षा योजना योगदानमा आधारित सामाजिक सुरक्षाले आश्रित परिवारको सुरक्षालाई पनि समावेश गरेको छ। जसअन्तर्गत योगदानकर्ताको श्रीमान् वा श्रीमतीले पाउने निवृत्तिभरण, सन्तानले पाउने शैक्षिकवृत्ति,आश्रित बाबुआमाले पाउने सुविधा र अन्तिम संस्कार खर्च समावेश छन्।

दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा सम्बन्धित व्यक्तिको श्रीमान् वा श्रीमतीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले व्यक्ति जीवित रहेसम्म पेन्सन पाउने व्यवस्था गरिएको छ। योगदानकर्ताको श्रीमान् वा श्रीमती वैकल्पिक रोजगारी रहेको अवस्थामा भने सुविधा दिइने छैन। त्यस्तो व्यक्तिको रोजगारी समाप्त भएमा कोषमा निवेदन दिई पेन्सन सुविधा वा उपदान माग गर्न सक्ने उल्लेख छ।

वृद्ध अवस्था सुरक्षा योजना यो योजना अन्तर्गत योगदानकर्ताले ६० वर्षपछि पेन्सन पाउन थाल्नेछन्। यस्तो पेन्सन पाउन १५ वर्षसम्म कोषमा योगदान गरेको हुनुपर्छ। यसमा दुई विकल्प रोज्न पाइन्छ। कोषमा जम्मा भएको रकम एकमुष्ट पनि निकाल्न मिल्छ। महिनैपिच्छे पेन्सन पनि लिन सकिन्छ।

दुई डिजिटल मिडिया दर्ता
सामाजिक सुरक्षा कोषमा दुई वटा मिडिया कम्पनी दर्ता भएका छन्। ती दुवै अनलाइन मिडिया हुन्। दर्ता हुनेमा सेतोपाटी डट कमको सञ्चालक कम्पनी सेतोपाटी सञ्चार मिडिया प्रालि र इकान्तिपुरको सञ्चालक कम्पनी कान्तिपुर डिजिटल कर्प रहेका छन्।

प्रकाशित २० माघ २०७५, आइतबार | 2019-02-03 10:44:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...