होटल हायात प्रकरण: झालझेलको पोको फुकाउँदै संसदीय समिति



बाैद्धस्थित हायात हाेटल
बाैद्धस्थित हायात हाेटल

हायात होटलका शेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी सम्पत्ति हत्याएको विषय छानवीन गर्न गठित संसदीय समितिको म्याद दोस्रो पटक थप गर्ने तयारी भइरहेको छ।

मंसिर तेस्रो साता संसदको विकास समितिले हायात होटलमा निजी साझेदारले गरेको अनियमितताबारे छानविन गर्न उपसमिति गठन गरेको थियो। 

नेकपा सांसद अग्नि सापकोटाका संयोजकत्वमा गठित उप समितिलाई पुस १९ सम्मको समय तोकिएको थियो। निर्धारित समयमा काम नसकिएको भन्दै उप समितिको म्याद एक महिना थप गरिएको थियो। दुई महिनासम्म पनि छानवीन पूरा नभएपछि तेस्रो पटक समय थप गर्ने तयारी भइरहेको छ।

‘शनिबारसम्म प्रतिवेदन तयार हुने अवस्था छैन। केही डकुमेन्ट अझै आउन बाँकी छ। थप डकुमेन्ट होटल व्यवस्थापक र कम्पनी रजिस्टारको कार्यालयबाट मगाएका छौं,’ उप समितिमा सदस्य नारदमुनी थारुले नेपालखबरसँग भने, ‘हायातबारे माघको अन्तिमसम्ममा प्रतिवेदन प्रस्तुत गर्छौं।’ यसअघिको निर्धारित म्याद माघ १९ सकिँदैछ।

हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

संसदीय समितिको उप समितिले होटल व्यवस्थापन र होटलमा लगानी गर्ने पर्यटन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिका वर्तमान तथा पूर्व पदाधिकारी एवं होलट सञ्चालकसँग बयान लिएको छ।

‘बयान र डकुमेन्ट मात्रै नभएर होटलमा पुगेर पनि त्यहाँका अवस्थालाई अवलोकन गर्ने काम भएको छ,’ थारुले नेपालखबरसँग भने। छानवीन समितिले विकास समितिका पूर्व पदाधिकारी तथा मन्त्रालयबाट होटलको सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीको भूमिकाबारे समेत अनुसन्धान भएको छ।

महालेखा परीक्षकका वार्षिक प्रतिवेदनले शेयरमा भएको अनियमितता छानवीन हुनुपर्ने औंल्याएको थियो। त्यसैलाई आधार बनाउँदै संसदको सार्वजनिक लेखा समितिले होटलमा शेयर स्वामित्वबारे छानविन गर्ने विषयलाई कार्यसूचीमा राखेको छ। अख्तियार दूरपयोग अनुसन्धान आयोगले समेत यो विषयमा छानविन गरिरहेको छ।

मन्त्रिपरिषदले अघि नबढाएको त्यो प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हायात होटलका निजी साझेदारले सरकारी सम्पत्ति हत्याएको विषयमा अनुसन्धान गर्नेबारे निर्णय गर्न साउनमा मन्त्रिपरिषदमा एउटा प्रस्ताव पठायो। मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद बैठक कार्यसूचिमा सो विषय चढाए। पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा चासो देखाएनन्।

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

‘दोस्रो बैठकमा पनि पेश भयो तर छलफल भएन। यसलाई पछि गरौंला भनेर थन्काउने काम भएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘सहसचिव नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्नेे भन्ने प्रस्ताव दर्जनभन्दा बढी पटक मन्त्रिपरिषद कार्यसूचीमा पर्यो तर निर्णय हुन सकेनँ।’ मन्त्रिपरिषदमा प्रधानमन्त्री एक्लै ५१ प्रतिशत हुन्छन्। बाँकी मन्त्रीहरु ४९ प्रतिशत मानिन्छन्। अब संसदीय समितिको छानवीनपछि यो विषयमा निर्णय हुने जनाइएको छ।

२०४९ सालमा हायात होटल सञ्चालन गर्ने तारागाउँ रिजेन्सी होटल्समा ३९ प्रतिशत सरकारी स्वामित्व रहेको होटललाई निरन्तर रुपमा घाटा देखाएर ९ प्रतिशतमा झरेको छ।

निजी साझेदारले पहिले होटल घाटामा देखाएर सेयरको मूल्य घटाउने त्यसपछि लगानी बढाउने निहुँमा हकप्रद सेयर जारी गर्ने र त्यो सेयर आफैंले किन्ने बदनियत राख्दा सरकारको अर्बौंको सम्पत्ति विस्तारै निजी साझेदारको पोल्टामा पुगेको हो।

तारागाउँ विकास समिति र निजी साझेदारीहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठको परिवारसँग सार्वजनिक निजी साझेदारीअन्तर्गत होटल सञ्चालन गर्ने सम्झौता गरेको थियो। अहिले यो होटल फैलिएको एक सय ५० रोपनी जग्गाको मात्रै २० अर्ब रुपैयाँभन्दा माथि मूल्य पुगेको छ।

हाल ११ सदस्यीय सञ्चालक समितिमा श्रेष्ठ र सराफ परिवार र उनीहरु निकट व्यक्तिहरु मात्रै छन्। सञ्चालक समितिमा सरकारी प्रतिनिधित्व तीन जना हुनुपर्नेमा एउटामा झारिएको छ। स्वामित्वसम्बन्धी विवाद बढ्दै गएपछि सरकारले सञ्चालक समितिमा प्रतिनिधि पठाएको छैन।

हायात हत्याउने प्रकरणसम्बन्धी थप सामग्री:

१. हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति

२. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

३. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

४. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

५. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

६. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

७. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

प्रकाशित १६ माघ २०७५, बुधबार | 2019-01-30 19:08:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...